भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, २१०४ को मृत्यु

Date:

Share post:

एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो पहिलो पटक हो ।
thumbकाठमाडौँ — भारतमा एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो विश्वकै पहिलो घटना हो । यसअघि गत जनवरी २ मा अमेरिकामा एकैदिन ३ लाख ३ सय १० जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा दैनिक रुपमा २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएकै पनि यो ८औं दिन हो । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २२ लाख ९१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
भारतमा कोरोना संक्रमण भयावह बन्नेक्रमसँगै राजधानी दिल्लीलगायत प्रमुख सहरमा अक्सिजनको हाहाकार सुरु हुन थालेको छ । संक्रमणदर बढेसँगै अक्सिजनको चरम अभाव थालेको छ । राजधानी दिल्लीमा त हाहाकार नै मच्चिएको छ । दिल्लीका प्रमुख अस्पतालहरुमा अक्सिजन सीमित रहेको र यदि समयमा आपूर्ति नभएको खण्डमा परिस्थिति भयावह बन्ने देखिएको छ ।

दिल्लीकै जस्तो अवस्था महाराष्ट्र, मध्यप्रदेश, गुजरात र उत्तरप्रदेशको रहेको छ । उत्तरप्रदेशको बनारस र लखनऊमा अक्सिजन समयमा उपलब्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको छ ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...