21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

भारतले गरेको सीमा अतिक्रमणविरुद्ध विश्वभर रहेका नेपाली जनसंपर्क समितीहरुको संयुक्त प्रेस विज्ञप्ति ।

भारतले गरेको सीमा अतिक्रमणविरुद्ध विश्वभर रहेका नेपाली कांग्रेसमा आस्था राख्ने नेपाली एक ठाउँमा भएका छन् । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको भन्दै नेपाली जनसम्पर्क समितिका सभापतिहरुले विरोध गरेका हुन

विश्वका विभिन्न ठाउँमा रहेका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले साझा विज्ञप्ति निकाल्दै भारतको कदमप्रती घोर निन्दा र भत्र्सना गरेका छन् । सीमा अतिक्रमणका विषयमा नेपाल सरकारले तत्काल कुटनीतिक वार्ता र छलफल गर्नुपर्नेमा उनीहरुको जोड छ ।

स्वाधीन र सार्वभौम राष्ट्रका लागि आफ्नो सीमामाथि बलमिच्याई भैरहँदा टुलुटुलु हेरेर बस्न नसकिने भन्दै ऐतिहासिक दस्तावेज, सन्धी र प्रमाणका आधारमा पनि लिपुलेक नेपाली भूमि रहेको सभापतिहरुको भनाई छ ।

नेपालको भूमी मिचिदा पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै जनसम्पर्कले सरकार र सरकारको नेतृत्व गरेको पार्टीको समेत विरोध गरेका छन् ।

नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न तत्काल अग्रसरता लिनुपर्ने समितिको ठहर छ ।

नेपाली भूमी मिचिएको विरोधमा उत्रिएका विश्वभरका जनसम्पर्क समितिका सभापतिहरुको नामावली ।

आनन्द विष्ट, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं सभापति नेजस अमेरिका

बालकृष्ण पाण्डे,कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं सभापति नेजस भारत

शंकर न्यौपाने, कार्यबाहक सभापति, नेजस कतार

सीता सापकोटा, सभापति,नेजस बेल्जियम

लेखबहादुर गुरुङ, सभापति, नेजस मकाउ

पदमसुन्दर गुरुङ, सभापति,नेजस बहराइन

खगेश्वर अधिकारी, सभापति, नेजस ईजरायल

शिखर खड्का, सभापति, नेजस जर्मनी

सीता अर्याल, सभापति, नेजस साईप्रस

डा. एलिनी सुबेदी, सभापति,नेजस पोल्यान्ड

शुक्रराज न्यौपाने,सभापति,नेजस आयरल्याण्ड

आस्था बिन्दु मल्ल, सभापति,नेजस,दक्षिण कोरिया

बिनोद घिमिरे,सभापति,नेजस पोर्चुगल

ईन्द्र शर्मा,सभापति,नेजस स्पेन

मीन गुरुङ,सभापति,नेजस हंगकंग

युवराज गुरुङ,सभापति,नेजस बेलायत

बुद्धिप्रकाश ओली,सभापति,नेजस क्यानडा

प्रेमजंग गुरुङ,सभापति,नेजस नेदरल्याण्ड

सुधीर राना, सभापति,नेजस फ्रान्स

जितेन्द्र शाही,सभापति, नेजस नर्वे

चोलाकान्त पंगेनी,सभापति,नेजस मलेसिया

शालिक चापागाई,कार्यवाहक सभापति,नेजस ओमन

भुवानीप्रसाद तिमल्सिना,सभापति,नेजस युएई

राजेन्द्र रसाइली बिरही,सभापति,नेजस कुवेत

रोशन केसी,सभापति,नेजस जापान

बालकृष्ण सापकोटा,सभापति,नेजस लक्जेम्बर्ग

बुद्धिसागर घिमिरे, सभापति,नेजस न्यूजिल्याण्ड

दिपक रेग्मी,सभापति,नेजस साउदी अरेबिया

नबिन थपलिया,सभापति,नेजस स्वीडेन

श्याम सापकोटा,सभापति नेजस स्वीटजरल्याण्ड

कृष्ण गिरी,सभापति,नेजस अष्ट्रेलिया

वीरेन्द्रसिंह कार्की,सभापति,नेजस डेनमार्क

राजनकुमार जमरकटेल,सभापति,नेजस चीन

सन्देश केसी, सभापति,नेजस माल्टा

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles