24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त

किशोर बुढाथोकी
bhim-acharya_20210826070242विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य बिहीबार नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले उनलाई आजै शपथ गराएको छ । प्रदेशले नयाँ मुख्यमन्त्री पाए पनि अहिल्यै नयाँ मन्त्रीहरु भने नियुक्त नहुने भएका छन् । एमाले प्रदेश १ को संसदीय दलको नेतामा केही बेरअघि मात्रै आचार्य चयन भएका थिए । मुख्यमन्त्री नियुक्त भएको केही बेरमै उनलाई शपथ गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो ।

आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत प्राप्त गर्न नसके उनी मुख्यमन्त्रीमा रहिरहन पाउने छैनन् । प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आजै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा बुझाएका थिए ।

त्यसलगत्तै आचार्यलाई मुख्यमन्त्रीको शपथ ग्रहण गराइएको हो । राईले संसदीय दलको बैठकमा आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका थिए । (अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles