भुवनविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारीमा साम्राज्ञी

Date:

Share post:

साम्राज्ञी भन्छिन्– ‘मलाई अहिले पनि दुव्यर्वहार भइरहेको छ तर म डराउँदिनँ’
‘फिल्मबाट निकाल्न र मलाई फिल्म नलिन भन्दै मानिसहरु लागिरहेका छन्’
गोकर्ण गौतम
काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकार/निर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाइ छ । भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए ।

यो अन्तर्वार्ता भुवनले पनि फेसबुकमा सेयर गरेका थिए । यसबाहेक भुवन र उनका वरपरका मान्छेहरुले आफूमाथि सामूहिक हमला गरिरहेको साम्राज्ञीको भनाइ छ । ‘उहाँहरु घिनलाग्दो तरिकाले ममाथि जाइलाग्नुभयो,’ साम्राज्ञीले कान्तिपुरसित भनिन् ।

साउन ९ गते केसीले साम्राज्ञीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । ‘उहाँ (भुवन)ले एकदमै बच्चा तरिकाले मुद्दा हाल्नुभयो तर म त्यसरी गर्दिनँ । सबै कुरा बुझेर केस गर्छु,’ साम्राज्ञीले कान्तिपुरसँग भनिन् ।

असार दोस्रो साता साम्राज्ञीले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तीन फिल्ममा दुर्व्यवहारमा परेको उनको भनाइ थियो । कसैको नाम भने लिएकी थिइनन् तर लगत्तै भुवन केसीले फेसबुकमा ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराइ गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छन् ? जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने’ भन्दै स्ट्याटस लेखेका थिए ।

‘अहिले पनि उहाँ (भुवन)ले मान्छे लगाएर मेरो दुर्व्यवहार गरिरहनु भएको छ, चरित्रहत्या गर्ने प्रयास गरिरहनु भएको छ,’ साम्राज्ञी भन्छिन्, ‘केटी मान्छे हो, डराउँछे, फिल्म क्षेत्र नै छोड्छे भनेर उहाँ र उहाँका मान्छेले सोच्नु भएको होला तर म डराउँदिन, पछाडि हट्दिनँ ।’

‘ड्रिम्स’को छायांकनमा पोखरामा रहँदा आफूमाथि कसैले यौन दुर्व्यवहार गर्न खोजेको घटनाउपर भुवन केसीले मजाक गरेको साम्राज्ञीको भनाइ छ । ‘जापानमा अवार्डमा जाँदा पनि उहाँ असहज ढंगले मेरो नजिक आउँदा मैले धकेलेको थिएँ,’ साम्राज्ञीले त्यो घटना सम्झँदै भनिन्, ‘उहाँलाई वा अरुलाई त्यस्तो व्यवहार मन पर्छ होला तर मलाई मन पर्दैन । त्यति नजिक आउन उहाँ मेरो को हो र ?’ सेटको नमिठो भोगाइबारे बोलेपछि आफूलाई फिल्मबाट निकाल्न र अरु फिल्ममेकरलाई भड्काउन भुवनसहित अन्य व्यक्तिहरु लागिपरेको साम्राज्ञीको आरोप छ । ‘यस्तो आक्रमणले फिल्ममा आउन चाहने नयाँ केटी र उनीहरुका अभिभावकहरु हतोत्साही हुन्छन्,’ उनले भनिन्, ‘त्यसैले पनि म चुप बस्दिनँ । अत्ति हेप्ने काम भयो ।’

साम्राज्ञीलाई फिल्मक्षेत्र भित्रैबाट भने असाध्यै कम साथ मिलिरहेको छ ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...