जय आले, कुवेत
०८ जनवरी २०२० । नेपाल मगर सँघ कुवेत शाखाले आगामी १७ जनवरी २०२० मा आयोजना गर्न गईरहेको तेश्रो अधिवेशन तथा माघे सकराती कार्यक्रममा मगर सँघ नेपालका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरको बिशेष उपस्थिति रहने मगर सँघ कुवेतका अध्यक्ष मित्र बहादुर सिंजाली मगरले बताएका छन ।
कुवेतको फर्वानियास्थित युनिक अडेटोरियम हलमा सम्पन्न गरिने कार्यक्रममा मगर सँघ कुवेतले अधिवेशनको साथै मगरहरुको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं नेपालीहरुको महान चाड माघे सकरातीलाई लक्षित गर्दै मगर भाषा, संस्कृति, भेषभूषा एवं मौलिकताहरु झल्कने खालका कौरा, हुर्रा, सोरठी जस्ता मगर नृत्यहरु देखाउने छ भने सालैजुको लाईभ प्रस्तुती सहित बिभिन्न मगर परिकारहरुले सम्पूर्ण कुवेतवासी मगर तथा गैर मगर नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वागत गर्नेछ ।
१५ जुन २०१२ मा मगर सँघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा बिधिवत रुपमा स्थापना भएको मगर सँघ कुवेतले आफ्नो ४-४ बर्षे लामो २ कार्यकाल कुवेतको नेपाली समाजका चिरपरिचित जेष्ठ व्यक्तित्व मित्र बहादुर सिंजाली मगरको अध्यक्षतामा सफलतापूर्वक पुरा गरेको छ भने आगामी तेश्रो अधिवेशनले युवाहरुको जमातमा नयाँ नेतृत्व चयन गर्ने छ ।
अधिवेशन खुल्ला-सत्र पद्धतीबाट निर्विरोध रुपमा सम्पन्न गरिने जानकारी दिंदै मगर सँघ कुवेतमा आवद्ध हुन ईच्छुक समस्त कुवेतमा पेशारत मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई सँघले खुल्ला आव्हान गरेको छ भने अन्य नेपाली सँघ-संस्था एवं समस्त कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त दिन माघे सकराती तथा अधिवेशनमा उपस्थिती जनाई कार्यक्रमको शोभा बढाई दिन अनुरोध गरेको छ ।
पुनश्च्व:
मिति : १७ जनवरी २०२०, शुक्रबार
समय : बिहानको ठिक ११.०० बजे, उप्रान्त
स्थान : युनिक अडेटोरियम हल फर्वानिया, कुवेत
संपर्क : जय आले मगर – ९९१०१४०८, मनु भुजेल मगर – ६९३३३८८३, बसन्त थापा मगर – ५०३४३९९३, राजेन्द्र आले मगर – ६९०७६५९१, जंग घर्ती मगर – ६०००८६७९, केदार आले मगर – ६६१९७८८९, दिल ब. पुन मगर – ९००२८२८६