24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

मगर सँघ कुवेतको तेश्रो अधिवेशनको लागि केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन कुवेत आईपुगे।

१६ जनवरी २०२० कुबेत । मगर सँघ कुवेत शाखाको तेश्रो अधिवेशन तथा माघे सकराती कार्यक्रमको लागि मगर सँघ नेपालका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगर आज कुवेत पुगेका छन् । १७ जनवरी २०२० मा हुन लागेको उक्त कार्यक्रमको बिशेष आतिथ्यको लागि महासचिव ज्ञानेन्द्र पुन आज बिहान ७ बजे जजिरा एयरवेज को फ्लाईट बाट कुबेत शहर आईपुगेका छन्।

कुवेतको फर्वानियास्थित युनिक अडेटोरियम हलमा सम्पन्न गरिने कार्यक्रममा मगर सँघ कुवेतले अधिवेशनको साथै मगरहरुको राष्ट्रिय तथा साँस्कृतिक पर्व को लागि बिशेष आतिथ्यको लागि पल्नु भएका महासचिव ज्ञानेन्द्र पुन लाई आयोजक नेपाल मगर संघ शाखा कुबेत परिवार एनसिसी अध्यक्ष सुजन केसी,द्वारा पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका थिए।

नेपाल मगर सँघ कुवेत शाखाको तेश्रो अधिवेशन तथा माघे सकराती कार्यक्रमलाई लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक नेपाल मगर सँघ कुवेतले हार्दिक अनुरोध गरेको छन्।

कार्यक्रमको लागि जानकारी

मिति : १७ जनवरी २०२०, शुक्रबार
समय : बिहानको ठिक ११.०० बजे, उप्रान्त
स्थान : युनिक अडेटोरियम हल फर्वानिया, कुवेत

संपर्क : जय आले मगर – ९९१०१४०८, मनु भुजेल मगर – ६९३३३८८३, बसन्त थापा मगर – ५०३४३९९३, राजेन्द्र आले मगर – ६९०७६५९१, जंग घर्ती मगर – ६०००८६७९, केदार आले मगर – ६६१९७८८९, दिल ब. पुन मगर – ९००२८२८६

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles