21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

मलका ठेकदारको धरौटी जफत गरी कालोसूचीमा राखिने

सहकारीले वितरण गर्दै आएको मल स्थानीय तहले वितरण गर्ने
शारदाप्रसाद अधिकारी
२० भदौ, काठमाडौं। गत पुसमै ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष मल नपुर्‍याउने दुईवटा ठेकदार कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको छ । यी दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि समेत कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ । आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बसेर दुवै ठेकेदारको धरौटी जफत गर्न लागेको स्रोतले अनलाइनखबरलाई बतायो ।

संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो । उनीहरूले मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिइसकेको तर अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुवै कम्पनीलाई कारबाही गर्न लागिएको स्रोतले बतायो ।

मलको ठेक्का हात पार्ने शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । उनले माओवादीको प्रभाव प्रयोग गरेर ठेक्काहरू हात पार्ने गरेको र मलमा पनि त्यस्तै प्रभावको प्रयोग भएको स्रोतको दाबी छ । त्यसैगरी अर्काे होविको मल्टिपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् ।

मलको आपूर्ति र वितरण दुवैमा गडबडी हुने गरेको निष्कर्ष निकाल्दै कृषि मन्त्रालयले दुवै ठेकदारलाई कारबाही गरी धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गर्न लागेको स्रोतले अनलाइखबरलाई बतायो ।

विदेशबाट भित्रिने मलको वितरणमा पनि ७ हजार ७ सय सहकारीले सिन्डिकेट चलाइरहेको कृषि मन्त्रालयको निष्कर्ष छ। अब सहकारीमार्फत किसानलाई वितरण गरिँदै आएको मल सिधै स्थानीय तह (नगरपालिका/गाउँपालिका) मार्फत किसानसमक्ष पुर्‍याउने गरी कृषि मन्त्रालयले नयाँ निर्देशिका तयार पारेको कृृषि मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ठेकदारलाई कारबाही गर्ने र सहकारीको सिन्डिकेट तोड्ने निर्णयसँगै मल माफियाहरूको चलखेल समाप्त हुने मन्त्रालयको दाबी छ ।

यसैबीच, शनिबार विप्लव समूहका प्रवक्ता प्रकाण्डले एक वक्तव्य जारी गरेर शारदाप्रसाद अधिकारी र होमनाथ कोइरालालाई सरकारले कारबाही नगरे आफ्नो पार्टीले कारबाही गर्ने चेतावनी दिएका थिए । विप्लव समूहको चेतावनी आएको भोलिपल्टै प्रचण्डका घरबेटीसहितका ठेकदारलाई सरकारले कालोसूचीमा राख्न लागेको हो ।(अन्लाईनखबर )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles