महराको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै

Date:

Share post:

काठमाडौँ — तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयासको आरोपमा पुर्पक्षमा थुन्ने जिल्ला अदालत काठमाडौंको आदेश ठीक थियो कि थिएन भन्नेबारे उच्च अदालत पाटनमा बहस सुरु भएको छ । आफूलाई थुन्नु गलत भएको दाबी गर्दै महराले दिएको निवेदनमाथि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा बिहीबार सुनुवाइ हुन लागेको हो । उच्च अदालत पाटनको आदेशमा महरालाई किन पुर्पक्ष थुनामा पठाइएको थियो भन्नेबारे आधार र कारण खुलाएर जिल्ला अदालतले ‘कैफियत प्रतिवेदन’ उच्च अदालत पाटनमा पठाइसकेको छ। पाटनले जिल्लाको आदेश सदर गरे महरा थुनामै रहनुपर्ने हुन्छ। र, उनी फेरि सर्वोच्च अदालत जान पाउँछन्।

उच्च अदालत पाटनले जिल्लाको आदेश उल्ट्याए महरा रिहा वा धरौटीमा छुट्छन्। त्यो आदेशविरुद्ध सरकारी वकिल सर्वोच्च जाने बाटो भने खुला रहने छ।

संघीय संसद्‌ सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा महरा गत असोज १९ मा पक्राउ परेका थिए।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...