माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लव काठमाण्डौ-कुवेतको २०औं बार्षिकत्सव तथा ८औं अधिबेशको तयारी पुरा।

Date:

Share post:

१५ डिसेम्बर २०१९ कुबेत, बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको २०औं बार्षिकत्सव तथा ८औं अधिबेश यही आउदो आगामी डिसेम्बर महिनाको २० तारिक शुक्रबार २०१९ कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको क्लवका खेलकुद बिभाग प्रमुख मोहन नाछिरिङ राईले मिडिया मार्फत जानकारी दिएका छन् ।

कुवेत नगरिमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने बताउछन।

उक्त दिनहुने कार्यक्रमा कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्। साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी, बुद्धिजवी शुभ चिन्तकहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि क्लब अध्यक्ष ईन्द्र प्रसाद पोखरेल उपस्थितिको लागी सम्पूर्णमा हार्दिक आग्रह गरेका छन।

कार्यक्रम: २०औं बार्षिकत्सव तथा ८औं अधिबेश
समय: बिहान ११ बजेदेखि
मिति: २० डिसेम्बर २०१९ शुक्रबार
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...