26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

मान ब.बलायरको पहलमा TARIQ ALGHAIM कम्पनिमा कार्यरत नेपालीहरु बाट गौँतम बुद्ध क्रिकेट रंगशला लाई आर्थिक सहयोग।

- Advertisement -

जनस्तर बाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी डोटी शिखर नगर पालिका घर भइ हाल बैदशिक रोजगारीको शिलशिलामा कुवेत लाई कर्मथलो बनाइ बचेको समय लाई समाजिक कार्यमा सदुपयोग गर्दै कुवेतमा कार्यरत एवं सुदुरपश्चिमेली नेपाली समाज कुवेतका महासचिब मान बहादुर बलायरको पहलमा आफु काम गर्ने कम्पनि तारिक अल्घानिममा कार्यरत नेपालिहरु बाट संकलित रकम जम्मा (२००kd )नेपाली रुपियाँ ७५३७४ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नुभएको छ । यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्नु भएको छ।महासचिब बलायरको कुवेत आगमन पछि आफ्नो क्षेत्रको “कलासंस्कृतिको जगेर्ना”र समाजको प्रतिनिधत्व गर्दै समाजिक र मानविय कार्य गर्दै आएकाछन्।बलायरले भने‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ हो।यस गौरबमय अभियानमा सबैले साथदिन सम्पूर्ण नेपाली दाजु भाइ दिदिबहिनिहरु संघ संस्थाहरु लाई सक्दो सहयोग गरिदिन हार्दिक अनुरोध गरेका छन्।।

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गर्न लागिएको छ । मौलिकतासहित निर्माण हुन लागेको रङ्गशाला स्तुपाकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ । यो रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली नागरिकको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रङ्गशाला हुनेछ ।यसमा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्विमिङलगायतका खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइ निर्माण हुने रङ्गशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles