24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

मिलन फाउन्डेशनद्धारा तमू सञ्चारकर्मीलाई ३४ थान प्रेस ज्याकेट र १० हजार आर्थिक सहयोग।

मनि सरब्ज गुरुङ/पोखरा -मिलन फाउन्डेशन नेपाल द्धारा तमू सञ्चारकर्मीहरु लाई ३४ थान प्रेस ज्याकेट प्रदान गरेको छ। कोरोना महामारीको बेलामा कार्य क्षेत्रमा खटिएर रिपोर्टिङ गर्ने तमू पत्रकारहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले ज्याकेट प्रदान गरिएको फाउन्डेशनले जनाएको छ । प्रदान गरिएको ३४ ज्याकेट २४ हजार ६ सय ५० रुपैंयाँ बराबरको रहेको छ ।

तमू सञ्चारकर्मीहरु लाई ज्याकेट प्रदान गर्दै फाउन्डेशनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले स्थापनाकाल देखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको फाउन्डेशनले तमू पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराउन पाउँदा ज्यादै खुशी लागेको भन्दै आउने दिनमा फाउन्डेशनको हरेक कार्यक्रमहरुमा तमू सञ्चारकर्मीहरु सँग सहकार्य गर्दै जाने बताएका छ ।ज्याकेट ग्रहण गर्दै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालकी महासचिव रोशनी गुरुङले मिलन फाउन्डेशनले सामाजिक क्षेत्रमा गर्दै आएको काम अत्यन्तै सह्रनीय रहेको भन्दै फाउन्डेशन प्रति आभार व्यक्त गरेका थिइन् ।

हाल हङकङ निवासी फाउन्डेशनका संरक्षक तथा समाजसेवी दुर्गा गुरुङ (मिलन) को परिवारले विशुद्ध आफनो पसिनाको कमाईबाट कसैसँग एक रुपैंयाँ पनि सहयोग नलिइ गर्दै आएको सामाजिक कार्य आफैमा प्रशंसानिय रहेको बताएका छ्न।ज्याकेट ग्रहण कार्यक्रममा तमू सञ्चारकर्मी संघका महासचिव रोशनी गुरुङ, केन्द्रिय सदस्यहरु मणिलाल गुरुङ, खिमा गुरुङ र किरण गुरुङको सहभागिता रहेको थियो भने फाउन्डेशनका कार्यबाहक अध्यक्ष देवी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मिलन ट्रस्ट की संरक्षक तथा दुर्गा मिलन गुरुङका आमा सावित्री गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

फाउन्डेशनका कार्यक्रम संयोजक हितकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सचिव मदन गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा स्ट्रिम नेपालका पत्रकार १ थान, छ्याजलो न्युज डट कमका पत्रकार १ थान ,फोटो पत्रकार महेन्द्र गुरुङलाई १ थान र तमू सञ्चारकर्मी केन्द्रिय समितिलाई ३१ थान गरि जम्मा ३४ थान प्रेस ज्याकेट प्रदान गरिएको थियो।

तमू सञ्चारकर्मी केन्द्रिय समितिलाई प्राप्त भएको ३१ थान ज्याकेट मध्ये समितिले कास्की जिल्ला समितिलाई १५ थान प्रदान गरेको छ भने तमू सञ्चारकर्मी संघ कास्कीका सचिव सुरज गुरुङलाई ज्याकेट प्रदान गरेको छ।यसैबीच तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले स्थापना गरेको आपतकालीन राहतकोषमा ज्याकेटका सौजन्य दाता मिलन फाउन्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ मिलनले नगद १० हजार रुपैंयाँ प्रदान गरेको छ भने सोही कोषमा फाउन्डेशनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले ५ हजार र फाउन्डेशनका कार्यक्रम संयोजक हितकाजी गुरुङले पनि ५ हजार रुपैयाँ प्रदान गरेको छ ।

मिलन फाउन्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ मिलनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीलाई पनि कोरोना महामारीको बेला सुरक्ष सामग्री खरिद गर्नका लागि नगद २५ हजार प्रदान गरेको छ भने यसअघि पनि गुरुङले फोनिज गण्डकी स्थापना हुँदा ५० हजार रुपैंयाँ आर्थिक सहयोग गरेका थिए।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles