मोरङसुनसरी सेवा समाज कुवेतद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सञ्चालन।

Date:

Share post:

198187112_150354810476210_1145000231221678649_nराम्रो दृष्टि/ ९ जुन, कुवेत। विश्वभरी तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारिका कारण नेपालमा पनि धेरै मानिसहरुले अकालमै ज्यान गुमाइरहेको परिदृश्यलाइ मध्यनजर गर्दै मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सन्चालन गरिरहेको छ। मोरङ र सुनसरी भित्रका विभिन्न कोरोना प्रभावित पालिकाहरुमा अक्सिजन सिलिन्डर पुर्‍याउने उदेश्यले मोरङसुनसरी सेवा समाज केन्द्रले चालेको अभियान संग सहकार्य गर्दै विस्वभरिबाट मोरङसुनसरी सेवा समाजका प्रवास शाखाहरुबाट आर्थिक संकलन अभियान चलाए संगै मोसु कुवेतले पनि सो अभियान चालेको मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुले राम्रो दृष्टिलाइ बताएका छन।

अध्यक्ष लिम्बुका अनुसार हालसम्म मोरङको रामध्वनी र केराबारी नगरपालिकामा ४/४ थान, धरान-१५ मा ५ थान, पथरी सनिश्चरे गाउँपालिकामा ४ थान, कानेपोखरी गाउँपालिकामा २ थान, उर्लाबारी नगरपालिकामा ५ थान र लेटाङ नगरपालिकामा ५ थान अक्सिजन सिलिन्डर वितरण भैसकेको छ।

मोरङसुनसरी सेवा समाजले बेला बेलामा आँखा सम्बन्धी निशुल्क घुम्ती शिविरहरु तथा विभिन्न खाले दैवि प्रकोपमा सहयोगको कामहरु गरिरहेका छन। केही बर्ष अघि बुढिखोला बाढी पिडितहरुलाइ आवास तथा खाद्यान्न, केरावारी गाउँपालिका मुगु खोलाको बाढी पिडितहरुलाइ विभिन्न किसिमको सहयोग तथा भुकम्प पिडितहरुलाइ सहयोग गर्दै आइरहेका छन।

यसपालिको महामारिमा पनि कम्तिमा ७० ओटा अक्सिजन सिलिन्डर मोरङ र सुनसरिका विभिन्न प्रभावित क्षेत्रमा वितरण गर्ने उदेश्य सहित यो अभियान सञ्चालन गरेको छ। यहि अभियान अन्तरगत प्रवासका शाखाहरुले पनि अभियान सञ्चालन गरिरहेको छ।

अध्यक्ष लिम्बुले मोरङ र सुनसरिबाट वैदेशिक रोजगारिको सिलसिलामा कुवेतलाइ कर्मथलो बनाइरहेका सबै प्रवासिहरुलाइ यश अभियानमा जोडिन अनुरोध गरेका छन। उनले मोरङ र सुनसरी बाहेकका प्रवासी सम्पुर्ण कुवेतका श्रमिकहरु र कुवेतमा स्थापित संघ संस्थाहरुलाइ समेत यश अभियानमा जोडिनका लागि अनुरोध गरेका छन। सहयोग गर्न चहानुहुने जो कोहिले पनि यी नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।

अरुण लिम्बू-55454818
उपेन क्षेत्री-67010068
दिलकुमार पाख्रीन- 97557313

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...