मोरङ सुनसरी सेवा समाज कुवेतले दुवै मृगौला पिडित जयराम शाहिलाई सहयोग गर्यो

Date:

Share post:

236435142_4461450910546089_7333285316130704315_nकुवेत– विगत ४ बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङ—२ बुधबारेका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि पिडामा छटपटी रहेका शाहिले पैसा भए नयाँ जिवन पाउने बताउँदै देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल गरेपछी मोरङ मोरङ सुनसरी सेवा समाज कुवेतले उपेन क्षेत्रीको संयोजकत्वमा कुवेतबाट आर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो।

अभियानमा संकलन भएको १३८ कुवेती दिनार आज मोसु केन्द्रका पदाधिकारीहरुले पिडित निवासमा पुगेर हस्तान्तरण गरेका छन।
सो सहयोग रकम हस्तान्तरण गर्नका लागि मोसु केन्द्रबाट उपाध्यक्ष बिबेक भट्टराई, महासचिव ललित बहादुर निरौला, कार्य समिति सदस्य योगनारयण सिक्दार र निबर्तमान अध्यक्ष रामनाथ भन्डारि पिडित शाही निवास पुगेका थिए।

रकम हस्तान्तरणको क्रममा आफ्नो क्षमताले भ्याए सम्म खर्च गरिसकेको र ऋणपानको लागि पनि अब कतै ठाउँ नरहेपछि मिडीयाको साहारामा आएको जयरामकी श्रीमती गंगा ठकुरीले बताईन् ।
थप्दै उनले भनिन “मेरो दिन श्रीमानको स्याहार सुसारमै बित्छ, छोराछोरी पनि सानै उमेरका छन्,।” उनले घरको मुली नै बिरामी भएर लडेपछि घर व्यबाहार धान्न निक्कै गाह्रो भएको बताइन।

पिडित शाही हरेक हप्ता डाइलसिसका लागि बिराटनगरस्थित नोवेल हस्पिटलमा जाने गरेका छन।

देश विदेशको जुनसुकै कुनाबाट पनि पिडित जयराम शाहिलाइ सहयोग गर्न चहानुहुन्छ भने कृपया उनकी श्रीमति गंगालाई मोवाइल नम्बर 9864255451 मा सम्पर्क गर्न सक्नुहुएनेछ। वा सिधै कृषि विकास बैंकको खाता नम्बर ०६०२२०१८६००६२०१८ सहयोग रकम जम्मा गराएर पनि सहयोग गर्न सक्नुहुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...