बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ कोरोना भाइरसको कारण लकडाउनमा परि रोजगारी गुमेका,भिजिट भिसा आइ युएईमा बिचल्लीमा र समस्यामा परेका नेपाली नागरिकहरु आज १ सय ४६ जना नेपाल फर्किएका छन्।
नेपाल एयरलाइन्सको उडान नम्बर आर ए – २२९२ बाट निर्धारित समय भन्दा करिव आधा घन्टा ढिला गरि १ सय ४६ जना नेपाली नागरिक दुबई अन्तर्राष्ट्रिय विमानस्थल बाट नेपाल फर्केका छन ।
उक्त नेपाल एयरलाइन्स बाट आज स्वदेश फर्कने नेपाली नागरिकहरु सबै नेपाल राजदुतावास युएईको प्राथमिकतामा परेका रोजगारी गुमेका फ्लेक्स फेसेलिटी म्यानेजमेन्ट्का १ सय २० जना, सिटीमेड फेसेलिटी म्यानेजमेन्ट्को १० जना, इमिरेट्स क्यावको ६ जना, २ जना गर्भवती ५ जना बिरामी सहित भिजिट भिषामा युएई आइ विचल्लीमा परेकाहरु ३ जना गरि जम्मा १ सय ४६ जना नेपाली नागरिकहरु नेपाल फर्किएका छ्न।
नेपाल फर्किएका नेपाली नागरिकहरुको कोभिड – १९ कोरोना भाइरसको निःशुल्क आर डि टि परीक्षण दुबई विमानस्थल नै गरि नेपाल उडेको गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ शेर्पाले बताएको छ।
नेपाल फर्किएका नेपाली नागरिकहरु लाई बिदाइ र सहजीकरणको लागि गैरआवासीय नेपाली संघ मध्यपूर्व उप-संयोजक मनोज गोर्खाली,गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ शेर्पा र गैरआवासीय नेपाली संघ युएईका कोषाध्यक्ष विकास शाही दुबई विमानस्थल पुगेका थिए।
.