युएईमा आदिवासी जनजाति युवा महासंघको प्रवास संगठन बिस्तार।

Date:

Share post:

फलेन्द्र बलम्पाकी मगर / युएई संवाददाता” पहिचान सहितको संघीयता का लागि संविधान संशोधन , पुर्ण समानुपातिक सहभागिता र स्वरोजगार का लागि प्रथम युएई सम्मेलन ” भन्ने मुल नाराका साथ युएईमा आदिवासी जनजाति युवा महासंघ नेपाल शाखा , युएई को प्रवास संगठन विस्तारित भएको हो।

आदिवासी जनजाति युवा महासंघ संघ नेपाल संघीय परिषद का अध्यक्ष जि .एस गुरुङ को प्रमुख आतिथ्य र नेपाल आदिवासी जनजाति महासंघ खेलकुद विभाग का केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल का केन्द्रिय सदस्य रेखा लोप्चन तामाङ को उपस्थितिमा । दिपक थापा मगरको अध्यक्षता मा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।
अध्यक्ष :- दिपक थापा मगर
उपाध्यक्ष :- विष्णु कुमारी गुरुङ
” :- पाल्तेन तामाङ
” :- अजय चाम्लिङ राई
महासचिव :- गोपाल श्रेष्ठ
सह:सचिव :- सृजना लिम्बू
सह:सचिव :- सन्दिप राना मगर
कोषाध्यक्ष :- अञ्जली लोप्चन तामाङ
सह:कोषाध्यक्ष :- अरुण चौधरी
सदस्यहरु :- सोमनाथ राई
” :- पासाङ शेर्पा
” :- लक्ष्मण थापा मगर
” :- सुनिल राजभण्डारी
” :- बसन्ती तामाङ
” :- रमेश पुलामी मगर
” :- विश्व राज मोक्तान
सदस्य रहने गरि २०२०-२०२२ कार्यकाल का लागि नयाँ समावेशी कार्यसमिति विस्तार भएको हो । नेपाली समाज युएई , एन आर एन युएई , नेफिन युएई , फोनिज युएई , नेपाल मगर संघ शाखा , युएई , अन्तर्राष्ट्रिय नेपाली समाज युएई लगायत विभिन्न जिल्लागत संघ संस्था हरु को प्रतिनिधि हरु को उपस्थितिमा । वर दुबई स्थित यास्मिन रेस्टुरेन्ट को सभा हलमा । ऐतिहासिक प्रथम सम्मेलन पानस मा बत्ती बालेर समुदघाटन गरिएको हो ।

प्रमुख अतिथि जि एस गुरुङ ले आदिवासी जनजाती युवा महासंघ (yfen) को आफ्नै छुट्टै विधि र विधान अनुरुप । नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान केन्द्र मा आधिकारिक दर्ता भै संचालन हुँदै आएको र जातीय मुक्ति आन्दोलनमा अहिलेसम्म सबैभन्दा धेरै आदिवासी जनजाती हरु ले बलिदानी दिएको । तर पनि अझैसम्म आदिवासी जनजाती हरु को हकहित मा राज्यले अहिलेसम्म पुर्ण अधिकार नदिएको र जातीय पहिचान लाई मेटाउदै गएको भन्दै सरकार प्रती आक्रोश व्यक्त गर्नुभयो । आफ्नो पहिचान र हक अधिकार का लागि आदिवासी जनजातीका युवाहरू प्रवासमा समेत एकजुट भएर सांगठनिक संरचना निर्माण गरेकोमा खुशी व्यक्त गरे । आदिवासी जनजाती का युवाहरू विश्व भरी सशक्त भै एकजुट हुनुपर्ने समय आएको कुरा उल्लेख गर्नुभयो ।

सुरेन्द्र गुर्मछान मगर को संयोजकत्वमा आदिवासी जनजाती युवा महासंघ नेपाल शाखा , युएई को घोषणा सभा को आयोजना गरिएको हो । कार्यक्रम अञ्जली लोप्चन तामाङ को संचालनमा । निर्वाचन समितिका संयोजक डिबि लुङ्गेली मगर ले सर्वसम्मत चयन भएका पदाधिकारीहरू लाई अहोदाको प्रमाणपत्र दिदै । नेपाल बाट आउनु भएका । आदिवासी जनजाती युवा महासंघ नेपाल का केन्द्रीय अध्यक्ष जि एस गुरुङ ले सपथ ग्रहण गराए ।

नयाँ निर्वाचित अध्यक्ष दिपक थापा मगरले युएईमा छरिएर रहेका आदिवासी जनजातिका युवाहरूलाई समावेशी र समानुपातिक हिसाबले समेटेर अघि बढने प्रतिबद्धता जाहेर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...