24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

युएई सरकार द्वारा सबै किसिमका भिसाको जरिवाना माफी ।

यूएई सरकारले भ्रमण भिसा र रेसिडेन्सी सबै किसिमका भिसामा लागेको जरीवानाहरु मिनाहा गरेको छ । युएई सरकारले पहिला २०२० मार्च १ तारिख भन्दा यताको जरिवाना मात्र मिनाहा गरेको थियो । युएई सरकारले पछिल्लो पटक गरेको निर्णयले २०२० मार्च १ तारिख भन्दा अघि भिसा सकिए संगै लागेको जरिवाना पनि मिनाहा गरेको छ भने ईमिरेट्स आईडी कार्ड र लेबर कार्ड ( वर्क पर्मिट) मा लागेको जरिवाना पनि मिनाहा गरेको छ ।

युएई सरकारले जरिवाना मिनाहा हुनेहरुले आगामी २०२० मे १८ देखि ३ महिना भित्र युएई छाडी सक्नु पर्ने आदेश जारी गरेको छ। यसरी स्वदेश फर्किनेहरुले अवस्था सामान्य भए पछि कुनै पनि बेला युएई आउन पाउने बताएका छन भने यसरी फर्किने लाई प्रतिबन्ध नहुने जनाएको छ।

युएई सरकारको यो निर्णयले लामो समय देखि यूएईमा ग़ैर कानुनी रुपमा बसिरहेकाहरुले राहात पाउने भएका छ्न। भिजिटमा आएर अलपत्र परेकाहरुले पनि जरिवाना तिर्नु नपर्ने भएको छ भने यसरी जरिवाना मिनाहा पाउनेहरु २०२० मे १८ देखि ३ महिना भित्र युएई छाडी सक्नु पर्ने युएई सरकारले जनाएको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles