काठमाडौं। जर्मनीमा जारी युरोको समूह डीमा सोमबार फ्रान्सले अस्ट्रियालाई १-० ले पराजित गरेको छ ।निकै प्रतिस्पर्धात्मक खेलमा जितको लागि फ्रान्सलाई आत्मघाती गोलको साहारा लिनपरेको थियो । अस्ट्रियाका म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो।
आत्मघाती गोलमा विजयी बनेपनि खेलमा फ्रान्सलाई झड्का लाग्न पुग्यो । खेलको अन्तिम समयमा फ्रान्सका कप्तान एमबाप्पे घाइते हुँदै मैदान छाड्न बाध्य भए ।खेलका दौरान नाकमा चोट लागेपछि एमबाप्पेलाई अस्पताल लगिएको थियो। उनको नाकको शल्यक्रिया गर्नुपर्ने बताइएको छ।