24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

राष्ट्रपतिलाई भेटी दाहालले भने – यही सरकारलाई राष्ट्रिय स्वरुप

काठमाडौँ, मंसिर १२ -राष्ट्रपतिले सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न तोकेको समय सीमा सकिन दुई दिन बाँकी रहँदा समेत दलहरुबीच सहमति हुन नसकिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आज शितल निवासमा राष्ट्रपति रामवरण यादवलाई भेटी यही सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्ने बताएका छन्। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले आफूलाई दलीय सहमतिका लागि पहल गर्न आग्रह गरेको जानकारी दिए।

हिजो साँझ लाजिम्पाट निवासमा केही पत्रकारसँग पनि दाहालले ठूलो दलको हैसियतले एकीकृत माओवादीबाट नेतृत्व हुनुपर्ने जिकिर गरेका थिए। उनले अहिलेकै प्रधानमन्त्री बाबुराम भट्टराई स्वीकार्य नभए तीन विकल्प अघि सारेका थिए। पहिलो विकल्प उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उनी पनि नभए मधेसी मोर्चाबाट विजय गच्छदार अनि महन्थ ठाकुरको नाम प्राथमिकता क्रममा उनले प्रस्ताव गरेका थिए।

कांग्रेस नेतृत्वको प्रबल दाबेदारमात्र रहेको उनले बताए। विपक्षी गठबन्धनले भने कांग्रेसको नेतृत्व स्वीकार्ने बताएका छन्। तर कांग्रेसले प्रधानमन्त्रीको नाम भने प्रस्ताव गर्न सकेको छैन।

राष्ट्रपतिले आह्वान गरेको आज पाँचौँ दिन हो। तर पनि दलहरुबीच संवादको क्रम खासै अघि बढेको छैन।

उता, पार्टीको धारणा तय गर्न एमालेको पोलिटब्युरो बैठक आज मध्याह्न बस्दैछ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles