राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन आगमी १५ नोभेम्बर

Date:

Share post:

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले आउदो १५ नोभेम्बर २०१९ शुक्रबारका दिन आफ्नो प्रथम अधिवेशन समारोह पुर्ण रुपमा तयारी भई सकेको संयोजक बिष्णु सुनारले जानकारी दिनु भएको छ ।

बिगत केहि वर्ष अघि देखि यस राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले कुवेत नगरीमा आफ्ने कला , धर्म , सांस्कृतिलाई जगेर्णा गर्दै आफ्ना रिति रिवाज बिभिन्न सांस्कृतिक संस्था , सामाजिक संस्था , राजनीतिक संस्थाका साथै नेपाली दुतावास बाट हुने बिभिन्न कार्यक्रमहरुमा पन्चे बाजा बजाउदै आई रहेता पनि “कला सांस्कृतिक हाम्रो शान पन्चेबाजा राष्ट्रिय पहिचान” भन्ने मुल नाराका साथ अझै आगामी दिनमा पनि सक्रियताका साथ यस कुवेत नगरीमा रहेका सांस्कृतिक संस्था , सामाजिक संस्था , राजनीतिक संस्थाका साथै नेपाली दुतावास संग सहकार्य र हातेमालो गर्दै जाने भन्दै राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतका संयोजक सुनारले बताएका छन् ।

प्रथम अधिवेशन समारोह तथा सांस्कृतिक कार्यक्रमको लागि कुवेतमा रहेका बिभिन्न संघ संस्था लगायत पत्रकार , कलाकार ,खेलाडि, बुद्दिजिबि, समाज सेबी तथा शुभ चिन्तकहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी प्रथम अधिवेशन समारोह तथा सांस्कृतिक कार्यक्रममा समयमै उपस्थिति भई कार्यक्रमलाई भब्य र सब्य बनाई दिनु हुन आयोजक राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले अनुरोध गरेको छ ।

तपसिल
मिति :- १५ नोभेम्बर २०१९ शुक्रबार ।
समय :- दिनको ठिक १२:३० बजे ।
स्थान :- पपिन्स हल जलिप ,कुवेत ।

आयोजक राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...