रुसले क्षेप्यास्त्र प्रहार गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू

Date:

Share post:

thumbकाठमाडौँ — रुसले लगातार आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा सैन्य कानुन लागू गरेका छन् । रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको बताउँदै राष्ट्रपति जेलेन्स्कीले सैन्य कानुन लागू गरेको घोषणा गरेका हुन् । रुसले युक्रेनका केही स्थानमा क्षेप्यास्त्र प्रहार गर्नुका साथै युक्रेनको साउथ कोस्ट आफ्ना सेना युक्रेनमा प्रवेश गराएको युक्रेनका सरकारी अधिकृत र सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही गर्ने बताएको केहीछिनमै युक्रेनको राजधानी किभमा विस्फोटको आवाज सुनिएको थियो । किभको प्रमुख विमानस्थल नजिकै गोलाबारीको आवाज सुनिएको इन्टरफ्याक्स न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

युक्रेनका केही शान्तिपूर्ण सहरहरूमा हमला गरेको युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्विटरमा लेखेका छन् ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...