24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

रेशम चौधरीमाथि ज्यादती भयो, घोर भर्त्सना गर्छु : श्रेष्ठ


काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सांसद किसान श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउको घोर भर्त्सना गरेका छन्। बुधबार (आज) बसेको संसद् बैठकमा श्रेष्ठले चौधरीमाथि ज्यादती भएको बताए।

‘सर्वप्रथम म नागरिक उन्मुक्तिका संरक्षक एवम् तराईंका भूमिपुत्र, थारुका छोरा रेशम चौधरीमाथि भएको ज्यादतीको घोर भर्त्सना गर्दै नागरिकको सुरक्षाका लागि सचेत रहन सरकारसँग माग गर्न चाहन्छु,’ उनले भने।

यसअघि गत वैशाख १७ गते चौधरी पक्राउ परेका थिए। उनी त्यही दिन साढे पाँच घण्टापछि छुटे। सर्वोच्च अदालतका प्रशासकीय अधिकृत महिमानसिंह विष्टले अनधिकृत रूपमा पत्र काटेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles