लकडाउन खुलेसँगै सुरु भयो जाम 

Date:

Share post:

७ साउन, काठमाडौं । एक सय दुई दिन लामो लकडाउन अन्त्य भएसँगै बुधबार बिहानदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुको लामो जाम सुरु भएको छ । लकडाउन अवधिभर काठमाडौंका सडक खुला र शान्त थिए । ट्राफिक प्रहरीहरु पनि फुर्सदिला देखिन्थे । मंगलबार मध्यरातिदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि काठमाडौं सवारी जाम, भिडभाडको पुरानै परिचयमा फर्किएको छ ।

काठमाडौंका सडकमा निजी तथा सार्वजनिक सवारी साधनहरु बाक्लो संख्यामा देखिएका छन् । तिनको व्यवस्थापनमा ट्राफिक प्रहरी व्यस्त छन् ।

त्यसो त सरकारले लकडाउन खुकुलो बनाएदेखि नै काठमाडौंका सडकमा सवारी साधनहरु बढी नै देखिन्थे । भिडभाड बढेपछि सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको थियो । तर मंगलबार मध्यरातिदेखि लकडाउन पनि अन्त्य र जोरबिजोर पनि खारेज भएपछि सडकमा सवारी साधनको लामो ताँती देखिएको छ ।
(अन्लाईनखबर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...