लखन थापा मगर गोल्ड कप बारे छोटो चर्चा :-

Date:

Share post:

जय आले मगर, २३ मे २०२४, कुवेत
जगमा साधारण किसिमको काठको चतुर्भुज बनावट, पिंधदेखी माथि कम्मरको भागसम्म छिनेको पानसको आकृति, कम्मरभन्दा माथि सुनावी रङको आवरण र सर्कलमा बुट्टे डिजाइनले सजिएको, मुख भागमा ३६ ग्राम तेजाबी सुनद्वारा धानको बाला भित्र मगर संघको लोगो खुर्पेटोको डिजाईन र शिरमा चाँदीको आवरणमा बज्र स्वरुपको ढिक्को अनि दायाँ र बायाँ पट्टिको भागमा आकर्षक डिजाईनमा समात्ने हेण्डल भएको, करिव ३ फिट अग्लो यस कपको अत्यन्तै सुन्दर एवं आकर्षक आकृति रहेको छ।
यस कपमा जडान गरिएको स्वर्ण लोगो मगर संघ कुवेतले नेपाल मगर संघ केन्द्रिय समितिसँग सहकार्य गरेर केन्द्रकै सहयोगमा निर्माण गरि कुवेत झिकाई सन २०१४ को फेब्रुअरीदेखी संचालनमा ल्याएको हो।
नेपालका प्रथम शहिद क्या. लखन थापा मगरको सम्मान तथा स्‍मृतिमा निर्माण गरिएको यस गोल्ड कप संचालनमा ल्याईनुमा आयोजक मगर संघ कुवेतसँग न कुनै निजी स्वार्थ छ न त अन्य लाभमूलक उद्देश्यहरु नै। सरदर लागत नेरु ५ लाखको हाराहारिमा निर्माण गरिएको यस गोल्ड कपको संचालन आयोजक मगर संघ कुवेतले केबल कुवेत प्रवासी नेपालीहरुबीच आपसी भाईचाराको सम्बन्धलाई सुदृढ बनाउने, परिचयात्मक बातावरण सृजना गर्ने र परिस्थितीले बिदेशिन वाध्य भएका प्रवासी खेलाडीहरुको खेलप्रतिको झुकावलाई जीवन्त राख्ने र उनिहरुको खेल कौशलतालाई थप प्रोत्साहित गरी पुरस्कृत समेत गर्दै, सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरुलाई खेलको माध्यमबाट छुट्टै मनोरञ्जन दिलाउने उद्देश्यले गरेको हो।
आयोजकबाट सूचना प्रवाह भए बमोजिम यस गोल्ड कपको चौंथो संस्करण आगामी १४ जुन २०२४ शुक्रबारका दिन अल साहिल स्पोर्टस क्लवको सुविधा सम्पन्न हलमा आयोजना हुन गईरहेको छ भने यो गोल्ड कप एउटा सौहार्दपूर्ण बातावरणमा सम्पन्न गर्न कुवेतस्थित सम्पूर्ण नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, व्यवसायी, पत्रकार, कलाकार, खेलाडी तथा आम खेलप्रेमी दर्शक महानुभावहरुसँग आयोजकले उचित सर-सल्लाह, सुझाव तथा साथ, सहयोगको अपेक्षा गरेको छ।
धन्यवाद,
नेपाल मगर संघ शाखा कुवेत, परिवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...