लमजुङ भूकम्प : ६ जना घाइते, २७ घर क्षतिग्रस्त

Date:

Share post:

आश गुरुङ
thumbलमजुङ — लमजुङमा बुधबार बिहान गएको भूकम्पले २७ घरमा क्षति पुग्नुका साथै ६ जना घाइते भएका छन् । त्यसपछि पनि निरन्तरजसो परकम्प गएकाले प्रायजसो स्थानीय बासिन्दा खुला ठाउँमै बसिरहेका छन् । बिहान ५ बजेर ४२ मिनेटमा मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यस्तै बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहानको भूकम्पपछि सोही ठाउँमा २० भन्दा बढी परकम्प गएका छन् । केन्द्रले बिहानको भूकम्प पनि २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार अहिलेसम्म भूकम्पमा परी ६ जना घाइते भएको जानकारी आएको छ । ३ जना घरको पर्खाल खसेर र ३ जना भागदौडका क्रममा घाइते भएको उनले बताए । रेग्मीका अनुसार मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेंसीसहर नगरपालिका–६ चनौटे बस्दै आएकी ४० वर्षीया उमा गुरुङ, बेंसीसहर ११, रामचोकबेंसीकी ८३ वर्षीया खवकुमारी पाण्डे र दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ घर भत्किँदा घाइते भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–६, ठूलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर नगरपालिका ८, ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र बेंसीसहर–८ सेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ भागदौडका क्रममा घाइते भएका छन् । घाइतेमध्ये दोर्दीका तामाङबाहेक सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तामाङको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । डीएसपी गंगाबहादुर थापाका अनुसार हालसम्म २७ वटा घरमा क्षति पुगेको विवरण आएको छ ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घाइतेको अस्पतालमा उपचार गराइरहेको र क्षतिका थप विवरण संकलन भइरहेको बताए । उनले पनि २७ वटा घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको बताए ।
बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नगरभित्र मात्रै २० भन्दा बढी घरमा क्षति पुगेको बताए । ‘अझै सबै जानकारी आउन बाँकी छ,’ उनले भने । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले प्रारम्भिक जानकारीअनुसार करिब २ दर्जन घरमा क्षति पुगेको बताए ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...