24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि KuwaitNepal


सर्लाही : कांग्रेस नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेस नै रहेको बताएका छन्।

सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा आज सहिद सुखदेव महतोको सालिक अनावरण गर्दै नेता निधिले सङ्घीयतासहितको लोकतान्त्रिक व्यवस्थाको माया अरु राजनीतिक दलभन्दा कांग्रेसलाई बढी रहेको बताए। यो व्यवस्थालाई जोगाइ रहन सके मात्र सहिदप्रति उच्च सम्मान हुने भन्दै नेता निधिले कांग्रेसले धेरै कुरा सहेर यो व्यवस्थालाई जोगाइरहेको जिकिर गरे।

संयुक्त सरकार रहेको बेला सबै कुरा आफ्नो पार्टीले भनेको नहुने भन्दै उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई अन्य कुराको पछि नलागी २०८४ को निर्वाचनलाई लक्षित गरी काम गर्न आग्रह गरे। उनले अबको १३ महिनापछि एमालेसँगको सात बुँदे सहमतिअनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसले देखेका सपना पूरा गर्न थप सहज हुँदै जाने बताए।

पार्टीका पूर्वउपसभापति निधिले पछिल्लो समय मधेस प्रदेशमा योजना छनोटसँग जोडिएका नकारात्मक कुरा आइरहेको भन्दै प्रदेशलाई नै बद्नाम गर्ने काममा नलाग्न जनप्रतिनिधिलाई आग्रह गरे। विसं २०५९ वैशाख २१ गते तत्कालीन विद्रोही पक्षले घाँटी रेटेर हत्या गरेका पार्टी नेता एवं साविक अत्रौली गाविसका अध्यक्ष सुखदेव महतोको आधाकदको सालिक अनावरण गरिएको हो।

कार्यक्रममा कांग्रेस नेता एवं मधेश प्रदेशसभा सदस्य वीरेन्द्र सिंह, गङ्गीलाल राय, पूर्वमन्त्री शम्भु श्रेष्ठ, जिल्ला सभापति सुरेन्द्र सिंहलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles