वातावरण बने सरकारमा जान्छौं : राजपा

Date:

Share post:

वातावरण बनिसक्यो : सरकार
मधुसूदन रायमाझी
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीसँग दुईबुँदे सहमति गरेको राष्ट्रिय जनता पार्टी दबाबमा परेको छ। जनता पार्टी सरकारमा जाने कि समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्ने विषयमा दबाबमा परेको हो। दुईबुँदे सहमति भएको दुई दिनपछि संविधान संशोधनमा सरकार बेवास्ता गरेको भन्दै समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली राजपालाई सरकारमा सहभागी गराउने तयारीमा रहनुभएको बताइएको छ। तर राजपाले सरकारमा सहभागी हुनका लागि पहिलो सर्तका रूपमा पुनः संविधान संशोधन गर्नुपर्ने अडान दोहोर्याएको छ। राजपाले संविधान संशोधन, मधेस आन्दोलनका क्रममा रहेको मुद्दाको सम्बोधन, उपसभामुख, सरकारमा सहभागी हुँदा मन्त्रालयलगायतको विषयमा प्याकेजमै सहमति खोजेको छ।

राजपाका अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले सरकारले वातावरण बनाएको अवस्थामा मात्र सरकारमा जान सक्ने विषयमा सोच्न सकिने बताउनुभयो।

उहाँले नेपाल समाचरपत्रसँग भन्नुभयो– ‘संविधान संशोधनको ग्यारेन्टी सरकारले गर्नुपर्छ, हाम्रो मुख्य माग नै संविधान संशोधन हो, त्यो सम्बोधन भएपछि हामीलाई सरकारमा सहभागी हुन कुनै गाह्रो विषय छैन।’

समाजवादी पार्टीसँग पार्टी एकीकरण हुन्छ कि हुन्न भन्ने जिज्ञासामा यादवले राष्ट्रिय सभाको निर्वाचनपछि एकताका लागि वार्ता र संवाद अगाडि बढाइने बताउनुभयो।

‘राजपा र समाजवादी पार्टीको शीर्ष तहमा औपचारिक छलफल शुरू भएको छ, समाजवादीसँग पार्टी एकीकरण हुने सम्भावना छ’ –उहाँले भन्नुभयो।

राजपाले समाजवादी पार्टीले सरकारबाट बाहिरिएको अवस्थामा मात्र पार्टी एकीकरणको ढोका खुल्ने सर्त राख्दै आएको छ। सरकारबाट राजीनामा दिएको समाजवादीले अब दुई पार्टीबीचको एकता राजपाको निर्णयमा भर पर्ने बताएको छ।

समाजवादी पार्टी संविधान संशोधनको मुद्दा लिएर पुनः जनताको बीचमा जाने रणनीतिमाा रहेको छ। संविधान संशोधनप्रति नेकपा नेतृत्वको सरकारले बेवास्ता गरेको भन्दै यसअघि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्ष दलको भूमिकामा रहेको छ। तर दुईबुँदे सहमतिले सरकार र राजपाको सम्बन्ध नजिकाएको छ।

सरकार प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले राजपा सरकारमा सहभागी हुने वातावरण तयार भएको बताउनुभयो।

उहाँले नेपाल नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएको दलसँग दुईबुँदे सहमति नै सरकारमा आउने वातावरण हो।’

उहाँले संविधान आवश्यकता र औचित्यको आधारमा संशोधन हुन सक्ने उल्लेख गर्दै अहिले संविधान संशोधनको मागको अर्थ नभएको बताउनुभयो।(नेपाल समाचार पत्र )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...