21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

विशेष विमानबाट साउदी विदेशमन्त्री नेपाल आउँदै

Saudi-foreign-minister-Prince-Faisal-bin-Farhan-Al-Sau_20220314042038काठमाडौं : साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले नेपाल भ्रमणमा आउने भएका छन्। सोमबार बेलुका उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अल साउद विशेष विमानमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले समकक्षी फैसलसँग मंगलबार भेटवार्ता गर्ने तय भएको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles