24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

विश्वमा भएका वर्ष २०१० का विभत्स दुर्घटना

वर्ष २०१० भरि नै साना ठूला दुर्घटना भए । मानवीय त्रुटि एवं आकस्मिक रूपमा भएका यस्ता दुर्घटनाले धेरैको ज्यान लियो भने लाखौं अंगभंग भए । विमान दुर्घटनाको  समाचार यस वर्ष बढी नै छाए । इन्जिनको खराबी, चालकको गल्ती तथा प्रतिकूल मौसमका कारण भएका यस्ता दुर्घटनाबाट धेरैले आफन्त गुमाउनु पर्‍यो । रेल तथा को इलाखानी दुर्घटनाको खबर पनि उत्तिकै सुनियो । पछिल्लो समय कारागारमा आगलागी भएको दुखद समाचार पनि छापिए ।

रेल दुर्घटना
रुसको राजधानी मस्को भूमिगत रेलवे स्टेसनमा २ जना महिलाले आत्मघाती बम विस्फोट गराउँदा ३८ जनाको ज्यान गयो । २०१० मार्च २९ मा स्थानिय समयअनुसार  बिहान ८ बजे उक्त विस्फोट भएको थियो । त्यसको ४५ मिनेटपछि पार्क कुल्टुरी स्टेसनमा अर्को विस्फोट भयो । आत्मघाती ती दुई महिलाले रेलको डिब्बामा विस्फोट  गराएका थिए । विस्फोटबाट डिब्बाभित्रका १४ र प्लेटर्फममा ११ जनाको मृत्यु भएको हो । टोकियोपछि मस्को विश्वको दोस्रो व्यस्त भूमिगत रेल प्रणाली हो ।

पोल्यान्डले राष्ट्रपति गुमाए
विमान दुर्घटनाबाट पोल्यान्डका राष्ट्रपति सहित उच्च सरकारी अधिरकारीहरूको ज्यान गयो । पोल्यान्डका राष्ट्रपति लेह केचिंसकी, उनकी पत्नी, सैन्य प्रमुख तथा केही  सरकारी अधिकारीसहितको विमान २०१० अप्रिल १० मा स्थानीय समयअनुसार बिहान ११ बजे दुर्घटनाग्रस्त भएको थियो ।  विमानमा राष्ट्रपतिसहित करिब सय जना  थिए । उनीहरूमध्ये कोही पनि जीवित रहेनन् । बाक्लो कुहिरोबीच स्मोलेन्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा विमानले रूखमा छोएकाले दुर्घटना हुन पुग्यो ।  अनुसन्धानमा चालकको गल्तीले दुर्घटना भएको पुष्टि भयो ।

भारतमा विमान दुर्घटना
एयर इन्डियाको विमान दक्षिण भारतको बैंगलोरमा दुर्घटना ग्रस्त हुँदा १ सय ५९ जनाको मृत्यु भयो । २०१० मे २२ मा भएको दुर्घटनाबाट ७ जना बाँच्न सफल भए ।  उक्त विमान अवतरणका क्रममा धवनमार्गबाट खोंचमा खसेर दुर्घटनागस्त भएको थियो । दुबईबाट उडान भरेको बोइङ ७३७-८०० मा १ सय ६० यात्री र चालक दलका  ६ जना थिए ।

कंगोको दुर्घटना
कंगोको पूर्वी क्षेत्रमा इन्धन बोकेको ट्रक पल्टिएपछि भएको विस्फोटबाट २ सय २१ जनाको मृत्यु भयो । उनीहरू त्यहाँ पोखिएको इन्धन बटुल्न भेला भएका थिए । २०१०  जुलाई ३ मा भएको दुर्घटनाबाट ६१ जना बालबालिका तथा ३६ जना महिलाको मृत्यु भएको थियो । दुर्घटना किभु काउन्टीको बुकामुबाट ६० किलोमिटर दक्षिणतर्फ बुरु न्डीको सीमा नजिक भएको हो ।

भारतको रेल दुर्घटना
२०१० जुलाई १९ मा पूर्वी भारतमा रेल ठोक्किँदा ६२ जनाको मृत्यु भयो । कोलकाताबाट २ सय ६० किलोमिटर उत्तरमा पर्ने वीरभूम जिल्लाको साइन्थिया स्टेसनमा रो किराखिएको रेललाई तीव्र गतिमा आएको अर्को रेलले ठक्कर दिएको थियो ।

पाकिस्तानको विमान दुर्घटना
पाकिस्तानमा विमान दुर्घटना हुँदा १ सय ५२ को मृत्यु भयो । २०१० जुलाइ २८ मा भएको दुर्घटना पाकिस्तानमा पछिल्लो १८ वर्षमा भएको सबैभन्दा ठूलो दुर्घटना  थियो । राजधानी इस्लामावादको बाहिरी भागस्थित वाक्लो पहाडी जंगलमा दिउँसो एसर ब्लुको एयरबस ए-३२१ दुर्घटना हुँदा मुसलधारे पानी परिरहेको थियो । उक्त विमान  कराँचीबाट इस्लामवादका लागि उडेको थियो ।

सुडानमा जातीय हिंसा
दक्षिणी सुडानमा जातीय हिसांले हजारौंको ज्यान लियो । २०१० जनवरीको पहिलो सातासम्ममा मात्र उक्त हिंसामा परी ६ हजारभन्दा बढीको मृत्यु भयो । नुर समूहका  मानिसले घुमन्ते डिन्कामाथि आक्रमण गर्दा हिंसा फैलिएको थियो । अधिकांश हिंसात्मक घटना सप्तान्तमा टोन्ज सहर आसपास भएको थियो । त्यहाँ सन् २००५ मा  भएको शान्ति सम्झौतापछि द्वन्द्व समाप्त भएको थियो र शक्ति बाँडफाँडको सरकार बनेको थियो ।

नाइजेरियाको साम्प्रदायिक हिंसा
जोस सहर आसपासका इसाई गाउँमा मुसलमानहरूले गरेको आक्रमणमा ५ सय भन्दा वढीको मृत्यु भयो । २०१० मार्च ८ मा करिव तीन घण्टा लामो उक्त हिंसामा  धेरैजसो महिला र वालवालिकाले ज्यान गुमाए । आक्रमणमा जोगिएर भाग्न खोज्नेलाई पशु बाँध्ने डोरी र माछा मार्ने जाल प्रयोग गरेर निर्मम तरिकाले मारिएको थियो ।  आक्रमणकारीले सुरुमा फुसको घरमा आगो लगाएका थिए र त्यसपछि मानिसको बर्बर हत्या गरेका थिए । फुलानी र त्यसको प्रतिद्वन्द्वी जातीय समूह बेरोमबीच जनवार  चोरीको विषयमा भएको विवादले त्यस्तो अवस्था निम्त्याएको बताइन्छ ।

Posted by: Jay Ale                           Source: Saptahik

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles