26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

शहिद लखन थापामगर गोल्ड कपको तयारी पुरा सम्पूर्ण कुवैतबाशी नेपालीहरुलाई मगर संघको निम्तो

- Advertisement -

१२ जुन २०२४, कुवेत / नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित यहि १४ जुन २०२४ शुक्रबारका दिन आयोजना हुन गईरहेको “प्रथम शहिद क्या लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट”को सम्पूर्ण तयारी भएको मगर सँघ शाखा कुवेतका अध्यक्ष (जय आले मगर)ले मिडिया मार्फत जानकारी दिएको छ।

यहि १४ जुन २०२४ शुक्र्बारको दिन कुबेत स्थित अबुहालिफा सहिल स्पोर्टस क्लवको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरीसकेको छ। प्रकाशित टाइ-सिट अनुसार उक्त भलिबल प्रतियोगिता जम्मा १३ नेपाली टिमहरुले सहभागीता जनाएका छन। उक्त प्रतियोगिता लाई सु सम्पन्न गर्नको लागि BEC Exchange कुवेतले मुख्य प्रायोजन रहेको छ।

- Advertisement -

टाईसिटका अनुसार सहभागी टिमहरुमा:
पोल (ए)बाट मोना म्याग्दी, मगर संघ कुवेत, लाफा ग्रुप-बी, कल्याणकारी युवा समाज, पुर्व पश्चिम ब्रदर्स, युनिभर्सल टिम र लाफा समाज कुवेत रहेका छन भने पोल (बि)बाट निरेम ग्रुप,लुम्बिनी समाज, लाफा ग्रुप-ए, रुरु रेसुङ्गा गुल्मी,लाली गुराँस र नेपाल स्टार टिम रहेका छन।

बिहान ८:०० बजे देखी शुरु हुने कार्यक्रममा कुबेतमा कृयाशिल सम्पुर्ण नेपाली संघ,संस्थाका प्रमुख,प्रतिनिधि,बुद्धिजीवी,व्यवसायी समाजसेवी,पत्रकार लाई संचार माध्यम बाट पत्रचार गरीसके को र कथमकदाचित छुट्न पुगेको भए यसै समाचार लाइ निमन्त्रणा मानी कार्यक्रमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गर्दछ।

जानकारीको लागि :
खेल हुने मिति : १४ जुन २०२४ शुक्र्बार
समया :बिहानको ठिक ०८.०० बजेदेखी
खेल मैदान :अबुहलिफा स्टेडियम
आयोजक : नेपाल मगर संघ शाखा कुवेत

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles