21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

शहिद लखन थापा मगर गोल्ड कपमा १३ नेपाली शसक्त टिमहरु सहभागी

बिकास रोका मगर, ०८ जुन २०२४, कुवेत/नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल प्रतियोगिता चौंथो संस्करण २०२४ मा १३ नेपाली टिमहरुले सहभागीता जनाएका छन।

बिगत १३ वर्षदेखी कुवेत प्रबासी नेपालीहरु बीच निरन्तर रुपमा कृयाशिल रहेको मगर संघले चौंथो चरणको टुर्नामेण्टको आयोजना गर्दा पनि बिगतका चरणहरुका बराबरिमा नै नेपाली टिमहरुको सहभागीता रहेको छ।आयोजक मगर संघले हिजो ०७ जुन २०२४ का दिन कुवेतको महबुल्लास्थित भलिवल मैदानमा टिम दर्ता र गोला प्रथा गराई टाईसिट सार्वजनिक गरेको हो।

टाईसिटका अनुसार सहभागी टिमहरुमा;
पोल (ए)बाट मोना म्याग्दी, मगर संघ कुवेत, लाफा ग्रुप-बी, कल्याणकारी युवा समाज, पुर्व पश्चिम ब्रदर्स, युनिभर्सल टिम र लाफा समाज कुवेत रहेका छन भने पोल (बि)बाट निरेम ग्रुप, लुम्बिनी समाज, लाफा ग्रुप-ए, रुरु रेसुङ्गा गुल्मी, लाली गुराँस र नेपाल स्टार टिम रहेका छन।

कुवेतको अबुहालिफास्थित अल-साहिल क्लवको भलिवल स्टेडियममा आगामी १४ जुन २०२४ शुक्रबारका दिन बिहानको ठिक ०८.०० बजेदेखी शुरु हुने भलिवल खेल हेर्न मगर संघले कुवेतमा रहनु भएका सम्पूर्ण खेलप्रेमी नेपालीहरुलाई यसै सूचना मार्फत चुले निमन्त्रणा दिंदै सम्पूर्ण संघ-संस्था र व्यक्ती बिशेषहरुलाई अधिकारिक निमन्त्रणा पठाउँदै गरेको जानकारी दिएको छ।

यसैगरी आयोजकले टुर्नामेण्ट सफल पार्नको लागि कुवेतको स्थानिय कानुनलाई ध्यानमा राख्दै निम्नानुसार नियमावली सार्वजनिक गरेको छ।

१) लखन थापा गोल्ड कपका सम्पूर्ण खेलहरु आयोजक मगर संघ कुवेतले जिम्मा लगाईएका सक्षम रेफ्रीहरुबाट खेलाईने छ। खेल अवधिमा रेफ्रीहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ।

२) कुनै पनि खेलाडिले रेफ्रिलाई अपशब्द प्रयोग गरेमा या रेफ्रिको आदेश तथा निर्णयलाई उल्लङ्घन गरेमा उक्त खेलाडिलाई रेड कार्ड प्रदान गरि अघिल्लो एक म्याच खेल्नबाट बञ्चित गरिने छ भने उक्त खेलाडीले सोही व्यवहार पुन. दोहोर्याएमा उसलाई पुरा टुर्नामेण्टबाटै निलम्बित गरिने छ।

३) सम्पूर्ण टिमका खेलाडी तथा टिम म्यानेजरलाई आफ्नो सिभिल आईडी या पासपोर्टको कपी टिम दर्ताको दिनमा अनिवार्य बुझाउन अनुरोध गरिएको छ। दर्ताको दिन नबुझाउनेले खेल सञ्चालन हुने दिन १४ जुनमा बुझाउनु पर्नेछ तर खेलाडिको नाम भने दर्ताको समयमै दिनु पर्नेछ अन्यथा कुनै पनि खेलाडिलाई टुर्नामेण्टमा समावेश गराउन आयोजक असमर्थ रहने छ।

४) कुनै पनि खेलाडीले मादक पदार्थ सेवन गरी खेलमा सरिक भएको पाईएमा उक्त खेलाडिलाई पुरा टुर्नामेण्टबाटै निलम्बित गरी स्टेडियम प्रशासनलाई सूचित गराई कानुन बमोजिम कार्वाहीको लागि कुवेतको सुरक्षा निकायमा अपिल गरिने छ।

५) सम्पूर्ण खेलाडीहरुले कभर्ड हलमा केबल स्पोर्ट्स जुत्ता मात्र लगाएर खेल्नु पर्नेछ। पैतलामा गोटी भएका र कलर जाने खालका जुत्ता लगाएर खेल्न स्टेडियम प्रशासनले मनाही गरेको छ।

६) लखन थापा गोल्ड कप सदा झैं बेस्ट अफ थ्री चरणमा पहिलो सेटहरु २५-२५ र अन्तिम सेट १५ नम्बरको आधारमा खेलाईने छ।

७) टुर्नामेण्टमा सहभागी हुने प्रत्येक टिमका खेलाडिहरुले टिमको जर्सी अनिवार्य रुपमा लगाउनु पर्नेछ भने खेलाडीको संख्या ९ र टिम मेनेजर अनि कोच सहित ११ जनाको समुहमा हुनु पर्नेछ।

८) प्रत्येक टिमबाट ३/३ जना स्वयंसेवकको नामावली आयोजकलाई दिनु पर्नेछ। आफ्नो टिमको खेलमा स्वयंसेवक अनिवार्य उपस्थित हुनु पर्ने र कारणवस उपस्थित हुन नसकेमा अर्को सवयंसेवकको नामावली आयोजकलाई खेल शुरु हुनु आगावै दिनु पर्नेछ।

९) कुनै पनी बिदेशी खेलाडीलाई मान्यता दिईने छैन। खेलको प्रतिश्पर्धामा भबितब्य पर्न गई घट्न सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यबहार प्रति टिम मेनेजर, टिम कोच र टिम क्याप्टेन स्वयं उत्तरदायी हुनु पर्नेछ।

१०) कुनै पनि समुहका खेलाडीलाई एक समुहबाट अर्को समुहमा खेल्न मनाही गरिएको छ। यदि त्यो किसिमको स्थिती देखिन आएमा प्रतिवादी समुहका टिम मेनेजरले आयोजकलाई सूचित गर्न सक्नेछ।

११) उपस्थित दर्शक तथा खेलाडीहरुले कभर्ड हल बाहिर क्यान्टिनमा बसेर जलपान गर्न सकिने छ भने कसैलाई पनि कभर्ड हल भित्र लगेर खान, पिउन, कागज, प्लेट तथा पानीका बोतलहरु फाल्न र फोहोर गर्न हल प्रशासनले सख्त मनाही गरेको छ।

१२) जलपानको लागि आयोजक मगर संघ कुवेतले सशुल्क क्याटेरिङ्गको व्यवस्था गर्नेछ भने अन्य कुनै पनि समुह, समुदाय या व्यक्ती बिशेषलाई कुनै पनि खाध्य या पेय पदार्थहरु बेच बिखन गर्न सख्त मनाही गरिएको छ।

१३) टुर्नामेण्टमा प्रतिश्पर्धा गर्ने सहभागी टिम आयोजकले निर्धारण गरेको खेल समयभन्दा १५ मिनट अगावै उपस्थित भई आयोजकलाई सूचित गर्नु पर्नेछ। यद्दपी तोकिएको समयमा प्रतिश्पर्धी समुह उपस्थित नभएमा ‘फ्री सर्विस’ मार्फत विजयी घोषित गरिने छ भने दुबै समुह कारणवश तोकिएको समयमा उपस्थित हुन नसकेमा आयोजकले परिस्थिती हेरी कुनै पनि निर्णय गर्न सक्नेछ।

१४) सहभागी समुहहरुले आफ्ना खेलाडीहरुलाई पेय पदार्थ, जलपान, खाना, औषधी उपचार र यातायात जस्ता आबश्यकतामूलक चिजहरुको व्यवस्था स्वयंले गर्नु पर्नेछ।

१५) कुनै पनि टिमका खेलाडी या टिम सपोर्टरहरुले मादक पदार्थ सेवन गरी वा नगरी होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधिहरु उत्पन्न गरी खेललाई असर गरेको खण्डमा उक्त व्यक्तिलाई तुरुन्त हल प्रशासनलाई सूचित गरि कुवेतको सुरक्षा निकायलाई जिम्मा लगाउन र कानुन बमोजिम कार्वाहीको लागि पहल गर्न आयोजक वाध्य हुनेछ।

१६) लखन थापामगर गोल्ड कपमा बिजयी हाँसिल गर्ने टिमले बिजेता भएको १५ दिनदेखी १ महिना भित्रमा गोल्ड कप ईमान्दारिपूर्वक (सहि-सलामत) आयोजक मगर संघ कुवेतलाई वापस बुझाउनु पर्नेछ।

१७) लखन थापामगर गोल्ड कप रनिङ्ग शिल्ड भएकोले यसमा कब्जा जमाउन सोही टिम लगातार तीन वर्ष (३ पटक) सम्म्म बिजयी हुनु पर्नेछ भने कब्जा जमाउने टिमलाई सम्मान स्वरुप बिजेता पुरस्कारको साथमा प्लस १०० केडी (बढी) नगदीले पुरस्कृत गरिने छ भने नियमावली नं. १६ अनुसार गोल्ड कप १५ दिनदेखी १ महिना भित्रमा आयोजकलाई सही-सलामत वापस बुझाउनु पर्नेछ।

टुर्नामेण्ट सम्बन्धी थप जानकारीको लागि:
गोल्ड कप संयोजक – मनु भुजेल मगर – ६९३३३८८३
गोल्ड कप उप–संयोजक – उमेश राना मगर – ९४७३४४९९
युवा संयोजक – जिमी काउचा मगर – ९४४२०६३६
महासचिव – श्रवण गाहा मगर – ६९०५८०२७
सचिव – कृष्ण पुन मगर – ९७२६७०४१
खेलकुद बिभाग – खड्ग खपाङी मगर – ६६२७१९७२
मिडिया बिभाग – बिकास रोका मगर – ९८९७१४७३, अर्थात मगर संघ कुवेतका अध्यक्ष, उपाध्यक्ष, सल्लाहाकार लगायत कुनै पनि पदाधिकारीहरुलाई सम्पर्क गर्न सकिने छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles