शुक्रराज अस्पतालमा ६० स्वास्थ्यकर्मी संक्रमित, रोकियो खोप कार्यक्रम

Date:

Share post:

काठमाडौँ — शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा जारी खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए । कोरोनाको पहिलो र दोस्रो लहरमा अस्पतालमा यत्तिका धेरै स्वास्थ्यकर्मी संक्रमित भएका थिएनन् । स्वास्थ्यकर्मी संक्रमित भएसँगै अस्पतालको सेवा प्रभावित भए पनि कुनै पनि सेवा नरोकिएको गौतमको भनाइ छ । ‘थप स्वास्थ्यकर्मी संक्रमित नहोउन् र सेवा नै स्थगित गर्नुपर्ने अवस्था नआओस् भनेर खोप कार्यक्रम तत्कालका लागि रोकेका हौँ,’ उनले भने ।

अस्पतालमा ३०० कर्मचारी कार्यरत छन् । हाल १८ जना कोभिडका बिरामी उपचार गराइरहेकामा ११ जना आइसियूमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...