24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

शेर्पा किदुग युएई द्वारा राष्ट्रिय चाड २१४७ ग्याल्पो ल्होसार तथा सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न।

शेर्पा जातिको राष्ट्रिय चाड २१४७ ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रम युएईको वर दुबइ स्थित एभरेष्ट क्लब एन्ड रेस्टुरेन्टमा सामुहिक रुपमा दिप प्रज्वलन र नेपाली राष्ट्रिय गान द्वारा शुरूवात गरि भव्यताका साथ सम्पन्न भएको थियो ।

शेर्पा किदुग युएईका अध्यक्ष निमा शेर्पाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि तामाङ समाज युएई एवं नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईकाअध्यक्ष महेश मोक्तान रहनु भएको थियो।विशेष अतिथिमा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, शेर्पा किदुग युएईका संरक्षक पासाङ रिन्जि शेर्पा,तिब्बतियन समुदायको प्रतिनिधित्व गर्दै विस्पोक मिडिया ग्रुप अफ कम्पनीका फाउन्डर तेन्जिङ छोकि तथा टासि दोन्डुप द्वारा ल्होसारको शुभकामना मन्तव्य राख्नु भएको थियो भने शेर्पा किदुग युएई का संरक्षक फुर्वा शेर्पा,छिरि शेर्पा, नशा नेपालि लाइव एन्ड म्युजिक बार एंव नेपाली गोल्ड एण्ड ज्वयलरी सपका संचालक सुरेन्द्र तामाङ बिशेष अतिथिको रुपमा उपस्थित रहनु भएको थियो।

अतिथिहरुमा तमु समाज युएईका अध्यक्ष उषा तमुस्यो ,सुनुवार सेवा समाज युएईका अध्यक्ष नर बहादुर सुनुवार,किरात यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्र कला साम्पाङ राई, नेपाल मंगर संघ युएईका अध्यक्ष शिला राना मंगर ,जन प्रगतिशील कलाकार मन्च युएईका अध्यक्ष नविन दोङ तामाङ उपस्थिति रहेको थियो।औपचारिक कार्यक्रम शेर्पा किदुग युएईका पुर्व महासचिव,वर्तमान सल्लहाकार एवं २१४७ ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रमका संयोजक नुरु पिनासा शेर्पाले संचालन गर्नु भएको थियो भने अनौपचारिक सांस्कृतिक कार्यक्रम आशिष पुरुष र अन्जुली लोप्चन तामाङले संचालन गर्नु भएको थियो।

ल्होसार सांस्कृतिक कार्यक्रमको निमन्त्रणा लाई स्विकार गरेर पाल्नु भएका समग्रमा ल्होसार प्रेमिहरु लाई हार्दिक धन्यवाद ज्ञापन एवं शुभकामना मन्तव्य शेर्पा किदुग युएई महासचिव रिन्जि पासाङ शेर्पाले व्यक्त गर्नु भएको थियो।उक्त कार्यक्रमलाई सफलता एवं ल्होसार प्रेमि दाजुभाई तथा दिदीबहिनीहरु लाई भरपुर मनोरञ्जन प्रदान गर्नको लागि नेपाल बाट आमन्त्रित शेर्पा चर्चित कलाकार ए.पि. शेर्पा र गोन्पो शेर्पा लगायत शेर्पा किदुग युएईको कलाकारहरु र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रम लाई कोरोना भाइरसको त्रासले गर्दा गत वर्षको तुलनामा जनमानसको भिड अलिकति न्युन मात्रामा उपस्थिति रहेको थियो।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles