26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

सञ्‍चारमन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको आग्रह

- Advertisement -

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ खरिदमा भएको अनियमितता छानबिन गर्न सरकारसँग आग्रह गरेको छ ।  हाम्रा कुरा डट कमलगायतका विभिन्‍न अनलाइनहरुमा सञ्‍चारमन्त्रीले सेक्युरिटी प्रेस खरिदमा कमिसनका लागि मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्तिमार्फत घटनाको अनुसन्धान गर्न आग्रह गरेको हुन् ।
‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी गरेसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्‍ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए। तर स्वयं सञ्‍चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
मन्त्री बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक
७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा उनलाई बर्खास्त गरी निष्पक्ष अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेसले आग्रह गरेको छ।(कान्तिपुर )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles