सप्तरीको तिलाठी डुबानमा

Date:

Share post:

मनोहर पोखरेल
राजविराज : चार दिनदेखि लगातार परेको वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा परेको छन् । खाँडो खोलामा आएको बाढीले भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठीको बेल्ही टोलको ५० भन्दा बढी घर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाले जानकारी दिएको छ । लगातार भइरहेको वर्षाले बेल्हीस्थित भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकी र बजार समेत डुबानमा परेको गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए ।

राजविराज-तिलाठी सडक खण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पुर्‍याएको छ । भन्सार र बजारको पसल डुबानमा पर्दा स्थानीय व्यापारीको लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । बाढीले सयौं विघामा लगाइएको धानबाली समेत डुबानमा परेको छ ।

खाँडो खोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौदेखि तिलाठी र बेल्ही गाउँ जलमग्न बन्ने गरेको छ । बर्षेनि करौडौं रकम खर्च हुँदै आए पनि तिलाठी टोल र बेल्ही टोलवासीको आन्तरिक विवाद तथा भारतको अवरोधका कारण तिलाठी र बेल्ही टोल डुबानमा पर्दै आएको छ ।

खाँडो खोलामा आउने बाढीले बेल्हीसँगै तिलाठी, लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैं डुबानमा पर्ने गरेको छ । चुरे जङ्गल मूल रहेको खाँडो नदी शम्भुनाथ, रुपनी, राजविराज हुँदै तिलाठीसम्म २५ किलोमिटरको यात्रा तय गर्दै भारत प्रवेश गर्छ । खासगरी पूर्व-पश्चिम राजमार्गदेखि दक्षिणको खाँडो नदीसित टाँसिएका गाउँहरु प्रत्येक वर्ष बाढीको चपेटामा पर्छन् ।

यसैगरी सप्तरीको पश्चिम-दक्षिण सीमावर्ती बलान बिहुल गाउँपालिका-४ स्थित बेल्ही टोल र डाकनेश्वरी नगरपालिका-६ स्थित कटैया गाउँ कटानमा परेको छ । बेल्ही टोललाई बलान खोलाले र कटैया गाउँलाई खडक खोलाले कटान गरिरहेको स्थानीयवासीले बताएका छन् ।

चुरे क्षेत्र हुँदै बग्ने खाँडो, बलान, खडक, महुली, जिता, त्रियुगा, अमाहा, सुन्दरीलगायत दर्जनौँ खोलामा आउने बाढी तथा कोसी नदी सिपेज भई आउने पानीले हरेक वर्ष सप्तरीको अधिकांश गाउँ डुबानमा परेर ठूलो धनजनको क्षति हुने गरेको छ । पछिल्लो केही वर्षदेखि राजविराज समेत डुबान र कटानमा पर्दै आएको छ । सामान्य वर्षामा पनि राजविराज वडा नम्बर १, २, ५, ६, ७, ८, ९ का केही भूभाग जलमग्न हुने गरेको छ ।

ती खोलामा बाढीको प्रवाह रोक्ने गरी दुवै किनारमा मजबुत तटबन्ध आवश्यक भए पनि काम नहुँदा बाढीले पार्ने जोखिमको खतरा बढी देखिएको स्थानीयवासी बताउँछन् । खाँडो खोलाको बाढीका कारण बर्षेनी डुबानको समस्या झेल्दै आएको तिलाठी कोइलाडी गाउँपालिका अहिले पनि उच्च जोखिममा परेको छ ।

तीन महिनादेखि कोरोना भाइरस रोकथाम र नियन्त्रणमा व्यस्त रहेको बेला चार दिनदेखि लगातार परेको वर्षाले सप्तरीको तिलाठी कोइलाडी, बलान बिहुल, रुपनी, अग्नीसाइर कृष्णसवरण, राजगढ गाउँपालिका, हनुमाननगर कंकालिनी, सप्तकोशी, डाकनेश्वरी, कञ्चनरुप नगरपालिकालगायतका दर्जनौ गाउँमा बाढी पस्ने खतरा रहेको छ । लकडाउनका कारण विभिन्न नदी, खोलाहरुमा निर्माण हुने तटबन्ध समयमा निर्माण हुन नसकेको कारणले पनि यस वर्ष जोखिम बढेको छ ।(अन्नपूर्ण )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...