21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक

काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ। यसअघि फागुन २३ र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन । दुवै बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको थिएन । सत्तारूढ दलभित्र विवादका कारण कार्यव्यवस्थाको बैठक बस्न सकेको थिएन।

प्रतिनिधिसभाको अर्को बैठक भोली अर्थात् चैत ३ गते बस्दैछ । सोही बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले सोमबार समितिको बैठक बोलाएका हुन् । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपालगायत दलका प्रतिनिधि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।(अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles