‘सल्लाहमै त्रिशूलीमा हेलियौं’

Date:

Share post:

सरिता श्रेष्ठ
धादिङ – काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोटका विनय लामिछानेले ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्याका लागि परिवारै त्रिशूली नदीमा हेलिएको बताएका छन्। खोलाबाट सकुशल उद्धार गरिएका लामिछानेलाई उद्धृत गर्दै उनले प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आठ÷दस दिनअघि पत्नीसँग सल्लाह गरी छोराहरूसहित मर्ने योजना बनाएको जानकारी दिए। पत्नी जमुना लामिछानेले पनि सँगै मर्ने बताएपछि बिहीबार साँझ दुई छोरासहित लामिछाने दम्पती त्रिशूलीमा हाम फालेका थिए।

संयोगले बाँचेका विनय अहिले इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा छन्। प्रहरीलाई दिएको बयानमा उनले पछिल्लो सात÷आठ वर्षदेखि सेयर र कमोडिटी मार्केटमा लगानी गर्दै आएको बताएका छन्। विनयलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रेग्मीले भने, ‘एक वर्षदेखि बिजनेसमा डेढ करोड रूपैयाँको घाटा बेहोर्नुपरेपछि तनावैतनावमा दिन बिताउँदै आइरहेको थिएँ।’ सापटी दिएकहरूले फोन गरेर चर्को मानसिक तनाव दिएको र आफ्नो अंश लाग्ने सम्पत्ति बेच्दा पनि ऋण तिर्न नसक्ने अवस्था आएकाले आत्महत्याको निर्णय लिएको विनयले प्रहरीसँग बताएका छन्।

बाबुआमा नभएपछि नाबालक छोराहरु बिचल्लीमा पर्ने भएकाले उनीहरुसहित पतिपत्नी नदीमा हेलिएको बयान विनय लामिछाने दिएका छन्। परिवारका अन्य सदस्य गुमाएर आफू बाँचेकोमा उनले पछुतो मानेका छन्।
आफूहरू नभएपछि नाबालक छोराहरू बिचल्लीमा पर्ने भएकाले उनीहरूसहित पतिपत्नी नदीमा हेलिएको बयान विनयले दिएका छन्। विनयले तीन पृष्ठको ‘सुसाइड नोट’ लेखेर घरमा छाडेका थिए। ‘यो पढ्नुहोला’ शीर्षकमा हरियो अक्षरमा लेखिएको सुसाइड नोटमा आत्महत्या रोज्नुको कारण उल्लेख छ। गत वर्षदेखि व्यापार निकै खस्केको, सापटी दिएका मानिसले फोन गरेर चर्को मानसिक तनाव दिएको र ऋण तिर्न सक्ने अवस्था नभएकाले मृत्युवरण गर्ने निर्णय गरेको सुसाइड नोटमा लेखिएको छ। परिवार नै मास्ने योजना बनाएका विनयले १३ जना आफन्त, चन्द्रागिरि, सिद्धेश्वर र नवीन सहकारीलाई ५० हजारदेखि १५ लाख रूपैयाँसम्म तिर्न बाँकी रहेको पनि सुसाइट नोटमा उल्लेख छ।

जमुनाले पनि मिटरब्याजबारे फेसबुकमा लेखेकी थिइन्। ‘इम्गिर अनुमाज’ नामक फेसबुक एकाउन्टमा उनले घटनाको १२ दिनअघि मिटरब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके दोब्बर, तेब्बर बनाउने अनि ऋणीलाई मर्न बाध्य बनाउने गिरोहलाई कारबाही गर्न थानकोटका डिएसपीलाई आग्रह गरेकी थिइन्।

विनयको बयान र जमुनाको फेसबुक स्टाटस हेर्दा केही दिनअघि नै सामूहिक आत्महत्या गर्नेबारे दुईजनाबीच सल्लाह भएको अनुमान गर्न सकिन्छ। विनय व्यवस्थापन विषयका ‘लेक्चरर’ हुन्। उनले मंगलोदय क्याम्पस व्यवस्थापन संकायमा पढाउँदै आएका थिए। बिहीबार सपरिवार धादिङको बेनीघाटस्थित त्रिशूली नदीमा हाम फाल्दा विनयले आफू बाँचे पनि पत्नी र दुई छोरा गुमाए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। विनयले आफू बाँचेकोमा पछुतो मानेका छन्। उनलाई आइतबार जिल्ला अदालतमा ल्याइने प्रहरी उपरीक्षक रेग्मीले बताए। विनयलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी गरिएको छ। दुई नाबालक अझै बेपत्ता छन्।(नागरिक )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...