24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

सहमति गर्न नसक्नु लज्जास्पद : राष्ट्रपति

वालकृष्ण अधिकारी, मंसिर १९ – हिजो राजनीतिक दलहरुको सहमतिमा मात्र अध्यादेशहरु ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिएर फर्काएका राष्ट्रपति डा रामवरण यादवले आज बिहान प्रमुख दलका नेताहरुलाई संयुक्तरुपमा भेटी अझै पनि सहमति गर्न नसक्ने हो भने स्थिति झन नराम्रो हुने जानकारी गराएका छन्। ‘लज्जाजनक अवस्था भइसक्यो भन्ने कुरा राष्ट्रपतिले गर्नुभयो,’ भेटपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भने। राष्ट्रपतिले सहमतिको विषय दलहरु असफल रहनुलाई लज्जाजनक भएको बताएका हुन्। आजको वैठकमा पनि प्रमुख दलका नेताहरुरुले प्याकेजमै सहमति गर्ने कुरा दोहर्याए। राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दलहरुलाई दिएको दोस्रो म्याद बिहीबार सकिँदैछ।

बाबुराम सरकारले रिक्त रहेका न्यायाधीश र रिक्त रहेका संवैधानिक निकायमा नियुक्तिका लागि अध्यादेश ल्याउने तयारी गरेको अवस्थामा राष्ट्रपतिले दलका नेताहरुलाई सामुहिक छलफलमा बोलाएका हुन्। छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र नेता माधव कुमार नेपाल, मधेशी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार सहभागी थिए।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles