21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

सागर एस वाईबाको नेपाली गीत ‘यहि गाउँ हो रे’ सार्वजनिक(भिडियो सहित )

थर्चा लामा/काठमाण्डौ,१९ बैशाख म्हेन्दोमाया गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक सागर एस वाईवाले नेपाली गीत’ यहि गाउँ हो रे’ म्युजिक भिडियो सार्बजनिक गरेका छन।

ललित कला क्याम्पसमा संगीतको गायन बिधा लिएर अध्यन पश्चात् कला क्षेत्रमा प्रवेश गरेर दुई दशक लामो म्हेन्दोमाया गीत संगीतमा एकछत्र राज गरेर बिस्तारै नेपाली संगीतिक आकाशमा पाइला टेक्दै गीति सङ्ग्रह (sweet Heart) मा समाबेश पहिलो गीत माथिमाथी बोलको सेलो गितको सफलता पछि सोही (sweet Heart) गीति संग्रहको दोस्रो महत्वाकांक्षी गीत यहि गाउँ हो रे युट्युबमा सार्बजनिक गरेका छन् ।

नेपाली संगीतिक आकाशमा नौलो नाम होला तर म्हेन्दोमाया गीत संगीतमा सागर एस वाइबा एउटा सफल नाम हो बहुचर्चित एवं लोकप्रिय नाम हो म्हेन्दोमाया संगीतमा म्हेन्दोमाया किङको उपनामले चिनिन्छन ।सागर एस वाइबालाई शब्द,रचना,संगीत र गायन पनि अब्बल सुमधुर स्वरका धनी आफ्नो गीतमा मोडलिङ अभिनय समेत आफै गर्छ म्युजिक भिडियो निर्देशन समेत आफै गर्न भ्याउदछन ।

यहि गाउँ हो रे आधुनिक युगमा नेट,ईन्टरनेटमा चीनजान हुन्छ तर एकले अर्काको अनुहार देखेका हुदैनन । एउटा रकस्टार कार्यक्रमको शिलशिलमा जुन गाउँ जुन ठाँउ पुगेनी आफ्नो बिना प्रोफाईलवाली मायालु भेटिन्छन कि भनेर गाउने गीत यहि गाउँ हो रे,यहि ठाँउ हो रे गाउँ गाउँ शहर शहर देश देखि विदेश आधा बिश्व गीत गाएरै यात्रा गरिसकेका गायक म्हेन्दोमाया गीत गाएरै अमेरिका पुग्न सफल पहिलो नाम हो । चल्नु ठुलो होइन चलेर टिक्न सक्नु असली बाद्शा हो भन्छन् वाइबा !

सम्पुर्ण पक्ष उत्कृष्ट रहेको सो गीतका म्युजिक भिडियो दि म्हेन्दोमाया किङ युट्युब च्यानलबाट सार्वजनिक गरेका छन । सागर एस वाइबाको लय/शब्द र सुमधुर स्वरमा सजिएको एउटा पृथक नेपाली लोकपप गीतमा वाइबाको साथमा मोडल तथा नायिका शिल्पा तामाङ,उर्मिला गुरुङले कुशल अभिनय गरेका छन। म्युजिक भिडियोको कोरियोग्राफीमा राज किङ वाइबा हुन् भने निर्देशनमा सागर एस वाइबा रहेका छन ।

गीत सार्वजनिक भए पछि मुग्ललानी खबर अनलाइन मिडियासँग कुराकानी गर्दै निर्माण युनिटले गीतलाई सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताएका छन। गीतलाई पुर्ण सफलताको कामना ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles