साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

Date:

Share post:

Nepali-Football-team-at-Maldivesकाठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो । मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा गोल गरे । पहिलो हाफमा पनि सुनिल क्षेत्री र मनविर सिंहले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

नेपाल पराजित भएपछि पाँच राष्ट्र सहभागी साफमा फाइनल पुग्ने समिकरण रोमाञ्चक बनेको छ । अब अन्तिम म्याच डे का दिन फाइनल पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ । नेपाल र माल्दिभ्सको समान ६ अंक भएको छ । भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ । ४ वटै खेल खेलिसकेको श्रीलंका भने १ अंक जोडेर बाहिरिसकेको छ । अब बुधबार नेपालले बंगलादेशसँग र भारतले माल्दिभ्ससँग खेल्नेछ ।

अब नेपाललाई फाइनल पुग्न कम्तीमा पनि बंगलादेशविरुद्ध बराबरी खेल्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...