सिस्नेरीमा ट्याक्सी दुर्घटना, ६ जनाको मृत्यु

Date:

Share post:

१६ चैत, मकवानपुर । मकवानपुरको सिस्नेरीमा भएको ट्याक्सी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट विराटनगरका लागि हिँडेको ट्याक्सी दुर्घटना हुँदा मोरङ केतरीयाका ३५ वर्षका दुर्गा पौडेल, ११ वर्षका प्रज्वल पौडेल, ३ वर्षकी बालिका प्राञ्जली पौडेल छन् । त्यस्तै दैलेख घर भई हाल मातातिर्थ बस्दै आएकी २६ वर्षकी कुसुम विष्ट, १० वर्षका बालक प्रज्वल विष्ट र नाम नखुलेका एक नाबालक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका ट्याक्सी चालक मोरङ्गका यज्ञप्रसाद पौडेलको काठमाडौंमा उपचार भइरहेको छ । बा १ ज ३९९० नम्बरको ट्याक्सी राति पौने १० बजे दुर्घटना भएको हो । ब्रेकफेल भएर दुर्घटना भएको अनुमान गरिएपनि दुर्घटनाको कारण खुल्न नसकेको र ट्याक्सी सडकबाट डेढसय मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...