सीमा विवादबारे सचिवस्तरीय संयन्त्रमा छलफल गर्न भारत तयार

Date:

Share post:

२४ कात्तिक, काठमाडौं । कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न भारत तयार भएको छ ।बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणलगत्तै बैठक बस्ने भनिए पनि मिति भने तय भएको छैन । भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय सार्वपक्षीय बैठकले समेत लिम्पियाधुराको कुटियाङ्दी नदीसम्म नेपालको भूभाग भएको निष्कर्ष निकाल्दै भारतसँग उच्चस्तरमा राजनीतिक तथा कूटनीतिक संवाद गर्न सरकारलाई सुझाव दिएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार नेपालले अनौपचारिक सम्वादहरुमा आफ्नो अडान राखिसकेको छ । भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले समेत विदेश सचिव गोपाल गोख्लेलाई भेटे नेपालको चासो राखेका थिए ।

हालै भएको विदेशमन्त्रीस्तरीय संयुक्त आयोगले पनि कालापानी र सुस्ताको सीमा विवादबारे छलफल गर्ने अधिकार यो संयन्त्रलाई दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...