सेनाका ११ जनासहित पर्सामा थप ४३ जनामा कोरोना संक्रमण

Date:

Share post:

भूषण यादव
वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये रौतहट मौलापुरका एक जना र बाराको देवतालका एक जना संक्रमित हुन् । ४३ जना संक्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ६ महिलासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४३ जना संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन् । संक्रमण पुष्टि भएकामध्ये ७ जनाले आफै पैसा तिरेर स्वाब परीक्षण गराएका हुन् .

मास ट्रेसिङका ६ जना र कन्ट्याक्ट ट्रेसिङका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको शल्यक्रिया विभागका एक स्टाफसहित स्टाफ परिवारका दुइर् जनामा पनि संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वीरगन्ज महानगरपालिका– १० अशोकवाटिका निवासी नारायणी अस्पतालमा डायलसिस गराउँदै आएकी ३५ वर्षीया महिला पनि छिन् ।

त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । साउनयता पर्सामा ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...