24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

स्याङ्जाका खड्का बहादुर थापाको कोरियामा निधन ।

बोमजन गुरुङ/दक्षिण कोरिया

१४ मे २०२०,ईपीयस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत ३३ वर्षीय खड्का बहादुर थापाको निधन भएको छ ।

स्याङ्जा जिल्लाको किचनास माथिल्लो चेप्टे घर भई विगत ७ वर्षदेखि कार्यरत थापा कम्पनीको नाईट ड्यूटी सकेर १२ तारिक बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका उनी साँझको ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

वैधानिक रुपमा कोरियाको पहिलो कार्यकाल अर्थात ४ वर्ष १० महिना पूरा गरेर फेरि दोश्रो कार्यकालका लागि कोरिया आएका नेपालमा उनका परिवारमा आमा, दुई दाईहरु र उनी स्वयं आफू कान्छा सदस्य हुन् । उक्त कम्पनीमा उनी सहित ५ जना नेपाली र ३ जना चाइनीज विदेशी कामदारको रुपमा रहेको मृतकका कम्पनी सहकर्मी गोरखाका रुपेश पुडासैनीले जानकारी गराए ।

अहिले मृतक थापाको शव ख्यङ्जु नजिकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र मृतकको शव व्यवस्थापनको बारेमा छिटै परिवारसँग सल्लाह गरिने नेपाली राजदुतावास सउलका कार्यवाहक राजदूत रामसिं थापाले बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles