हनुमानढोकाको दसैंघरमा भित्राउन गोरखा दरबारबाट पठाइयो फूलपाती

Date:

Share post:

हरिराम उप्रेती
thumbगोरखा — काठमाडौंस्थित हनुमानढोका भित्राउने फूलपाती गोरखादरबारको दसैंघरबाट पठाइएको छ । गोरखा दरबारबाट लगिएको फूलपाती हनुमानढोकामा भित्राएपछि दसैं भित्रिएको भन्ने प्रचलन छ । हनमानढोका पठाउन तथा गोरखा दरबारको दसैंघरमा फूलपाती भित्राउन मंगलबार बिहानै गोरखा दरबारका सुसारेहरुले अमराइ, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका फूलपाती संकलन गरेका थिए । बा २ झ २१२९ नम्बरको गाडीमार्फत हनुमाढोकामा भित्राउन फूलपाती पठाइएको हो ।
वर्षौदेखिको परम्परालाई निरन्तरता दिँदै फूलपाती काठमाडौं पठाइएको गोरखा दरबारका पुजारी शारदाप्रसाद भट्टराइले बताए । ‘हिजो बेल निमन्त्रण गर्‍यौँ, आज बिहान सुसारेहरुले बिहानै पस्लाङको जंगलबाट फूलपाती संकलन गर्नुभयो,’ उनले भने,‘वर्षौदेखिको परम्परा अनुसार हनुमानढोकाका लागि फूलपाती पठायौं ।’ धिमेबाजा, फूलपातीको डोलीसहितको टोली हर्षोल्लासका साथ फूलपाती काठमाडौं पठाइएको छ ।
सडकसञ्जाल नखुल्दासम्म गोरखाबाट धादिङको केबुलपुर–जीवनपुरको पैदलमार्ग हुँदै फूलपाती हनुमानढोका लाने प्रचलन थियो । पहिले एकीकरण पदमार्गबाट काठमाडौं पुर्‍याइने फूलपाती सडकसञ्जाल विस्तार भएसँगै गाडीमार्फत पठाउने गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताए । पृथ्वीनारायण शाहले नुवाकोट हुँदै राजधानी हनुमानढोका सारेपछि गोरखाको फूलपाती हनुमानढोका पठाउने प्रचलन सुरु भएको मानिन्छ । ‘दुई सय ६६ वर्ष अघिदेखि यो प्रचलन सुरु भएको अनुमान छ,’ भुषालले भने ।
तत्कालीन समयमा पृथ्वीनारायण शाहले राजधानी काठमाडौं सारेपनि गोरखा राज्यसँग भावनातमक सम्बन्ध स्थापित गर्नका लागि फूलपाती लाने प्रचलन सुरु भएको भुषाल बताउँछन् । ‘पृथ्वीनारायण शाहले भावी पुस्तालाईसमेत गोरखा सँगको सम्बन्ध नटुटोस भनेर सुरु गरिएको परम्पराले आजसम्म निरन्तरता पाएको छ,’ उनले भने ।
दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज हिन्दु धर्मालम्वीहरुले घर–घरमा फूलपाती भित्राउँछन् । केरा, हलेदो, दारीम, अशोक, जयन्ती, माने, बेल, उखु, धानको वाला वा अन्य नयाँ पालुवासमेत फूलपातीको रुपमा शुभ साइतको प्रतीक मानि दसैंघर वा पूजाकोठामा भित्राउने प्रचलन छ ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...