हल्ला होइन महामहिम ज्यू ‘प्रमाण छ,

Date:

Share post:

राज मल्ल कुबेत

राहत चाहीयो , एनआरएनए एनसिसि कुवेत , खाने बस्ने ब्यबस्था भएन ,स्थानिय नेपाली मेनपावर एजेन्सि, इलिगलहरुलाई डकुमेण्टको सहजताको लागी एनआरएनए एनसिसि, सघ ,सस्था , स्वयमसेवक , मिडिया , नेपाल जानै पर्नेहरुको नाम अनलाइन वा फोनबाट दर्ता , टिकट चै थाहा छैन ? केही अटकल त अवश्य काट्नु भयो होला , हो पॅंतिकार , नेपाली राजदूतावास कुवेत र कोरोनाका बीच नेपाली समुदायबिच सृजित समस्याबारे गनथन गर्दै छ ।

कुवेतमा कोरोनाको कहर यता सुरुवाति दिनहरुमा राहतको क्षेत्रमा एनआरएनए एनसिसि कुवेतले सक्दो सहगोय गर्यो , ताकि दूतावासले यस तर्फ आफ्नो पनि दाइत्व हो भन्ने बिर्सिएर एनसिसि कुवेतलाई अगाडी देखाइदियो । कुवेत सरकारले इलिगलहरुको लागि आम माफिको घोषणा गर्यो , अवस्था जटिल थियो , लकडाउन र सार्बजनिक यातायातको क्षेत्र पुरै बन्द, भिडभाड बन्द , तर एनसिसि कुवेत सगै यहाका सघ ,सस्था , मिडिया , स्वयमसेवक सगको सहकार्यमा सहजरुपमा इलिगलहरुलाई ट्राभल डकुमेन्ट सहित सेल्टर पठाइयो ।उनिहरु नेपाल पुगिसकेका छन ।यहासम्म सबै संगको सहकार्यमा दूतावासले चालेका कदम र सम्पन्न कार्यले गर्दा सवै समस्याको समाधान मिलेरै गरिनेछ र सबैलाई सहज हुनेछ भन्नेमा बिस्वस्त थियो नेपाली समुदाय। तर यतिवेला अन्यौलता सृजना भएको छ कारण नेपाल सरकारले सुरु गरेको उद्दार उडान ।
खाडी लगायत अन्यदेश (ओमानको त कुरै नगरौ) मा सरकारले तोकेको शुल्क अनुसार नै उद्दार भएपनि कुवेतमा भने मनोमानी छ ।

सुरुवाति उद्दार उडानमा नेपाल एरलाइन्स र हिमाल सहित ह्वाटबडीले तोकेकै भाडादरमा उद्दार गरेको सुन्नमा आयो तर ति टिकटहरु कहाबाट कसरि काटीए अहिले सम्म आम श्रमिकले अत्तोपत्तो पाउन सकेका छैनन्। फेरि इलिगल उद्दार उडान सम्पन्न गरेको जजिरा एरले आफ्नै हिसाबमा उडान भर्यो , पैसा हुने र कम्पनिले पठाउनेहरु नेपाल पुगे । महगो भाडादरको चर्को बिरोधमा एनआरएनए एनसिसि कुवेतको नेतृत्वमा दूतावासना ज्ञापन पत्र पनि बुझाईयो ।अहिले फेरि १५५केडि मा हिमाल एरको लागि टिकट बिर्क्रि भएको छ । जुन सरकारले तोकेको १३० मा २५ केडी धेरै छ ।

उदेश्य विवरण पस्किनु मात्र होइन , किन टिकटदर मा एकरुपता छैन , अन्यदेशमा नेपालबाट उद्दार उडान भर्नेकुनै पनि एरले सरकारले तोकेभन्दा बढि शुल्क लिएका छैनन् भने कुवेत मात्रै किन यस्तो ? कम्जोरि कस्को , मिलाउनु पर्ने कस्ले हो ? दूतावास ले । तर दूतावास भन्छ ‘ हल्लाको पछि नलाग्नुहोस, बढि लिएको छैन’ । महामहिम ज्यू हामिसग प्रमाण छ ।

ओमान दूतावासको उदाहरण कति दिइरहनु , कुवेतमा पनि नेपालि समुदायसग समन्वय गरेर उद्दार उडानलाई कसरि सस्तो सबैको पहुचमा पुर्याउन सकिन्छ भन्ने तर्फ दूतावासले ध्यान नदिनुको कारण के होला ? यो त परको बिषय भो । कुवेतमा उद्दार उडानको टिकट कहा पाउछ भनेर सम्म भन्न नसक्नु अनि कुवेतभरि मनमानी टिकट बिक्रिहुनु । कसरि बुझ्ने । तपाईहरु आफै बुझ्नुहोस।अर्कोपाटो कुवेतमा विद्यमान घरेलु कामदारको समस्या जस्ताको त्यस्तै छ। घरमालिक राम्रो नभएर घरेलु कामदारका रुपमा आएका दिसिबहिनिहरु मानासिक तनाव, शारीरिक तथा आर्थिक शोषण परेर दूतावासमा शरण लिन पुग्छन। दूतावास त आफ्नै सरकार ठान्छन। तर आफ्नै सरकार ठानेका निकायबाट पाएको प्रत्युत्तरको रुखो शब्दहरु उनिहरुको लागि झन पिडादाय बन्ने गरेका छन। दूतावासको शेल्टर छैन। शरण लिन पुगेका दिदिबहिनिहरुलाई स्थानिय म्यानपावरकहाँ पुर्‍याइन्छ। उनिहरुले त्यहाँ अपनत्व प्रत्याभूत गर्छन कि गर्दैनन थाहा भएन तर के नेपाली दूतावासले उनिहरु प्रति उत्तदायित्वको भुमिका निभायो? मानौं, दूतावासमा बस्नको लागि ठाउँ भएन। तर दूतावासले त तिनलाइ ब्यबस्थापन गर्न वैकल्पिक बाटोहरु खोजिनुपर्ने होइन? उनिहरुलाइ राख्नै नसक्ने भए शेल्टरको ब्यबस्था गर्न नेपाल सरकारसंग पहल गर्नुपर्ने होइन? त्यसरी अरुको घरमा पठाएर कति जनालाइ शरण दिन सक्छ दूतावासले के यो नै अन्तिम बिकल्प हो?

कोरोनाले गर्दा विश्वभरनै समस्या अनेकन छन । तर समाधान नै गर्न नसकिने अबश्य छैनन् । आशा गरौ कुवेतका सार्वजनिक कार्यक्रमहरुमा मिडीयालाई सम्बोधन सम्म नगर्ने महामहीम ज्यू समक्ष नेपाली समुदाएको जनगुनासो पुगोस् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...