‘हाँसी-हाँसी आऊन् उनी’

Date:

Share post:

शंकरप्रसाद खनाल
कोहलपुर : ‘भान्सामा सिमीको दाल पाक्दै थियो। स्कुल जान ढिलो भयो भनेर भोकै स्कुल गई। नयाँ ज्याकेट लगाएकी थिई। फर्की-फर्की हेर्दै थिई। ट्रकले ठक्कर दियो। बेहोस भई। खुट्टा काट्नुपर्छ भनिरहेका छन्’, आइतबार बाँकेको कोहलपुर नगरपालिका-१० मा ट्रकको ठक्करबाट दुवै खुट्टा गुमाएकी १२ वर्षीया प्रकृति चन्दकी माइली दिदी पुष्पाले बैनी स्कुल जाँदाको क्षणबारे  ञ्चारकर्मीसँग भनिन्, ‘मेरी बैनीको जीवनमाथि ट्रकवालाले खेलवाड गर्न पाउँछ ? मेरो बैनी जसरी हाँसीहाँसी स्कुल गएकी थिई। त्यस्तै चाहिन्छ।’

कोहलपुरको एनटीभी रोडस्थित प्रकृृतिको घर÷कटेजमा सोमबार बिहान पुष्पालाई दुईजना साथीले सम्हालिरहेका थिए। उनी भक्कानिँदै बहिनीका पक्षमा बोलिरहेकी थिइन्, ‘ऊ घरको पनि बेस्ट हो। स्कुलको पनि बेस्ट हो।’

प्रकृति परिवारमा मात्र होइन, विद्यालयमा शिक्षक र विद्यार्थीमाझ प्यारी छिन्। उनी त्रिभुवन माविमा वैशाख १८ गते कक्षा ७ मा भर्ना भएकी थिइन्। शिक्षकका अनुसार प्रकृति अनुशासित छिन्। स्वास्थ्य र नैतिक विषयका शिक्षक हरिबहादुर चन्द सबैभन्दा सानी भएकाले प्रकृतिलाई सधैं पहिलो बेन्चमा राख्ने गरेको बताउँछन्।

५० जना विद्यार्थीमा उनी टप टेनमा पर्छिन्। शिक्षक चन्दले अनुभव भने, ‘अनुशासित प्रकृति सधैं पहिलो बेन्चमै बस्थिन्। पढाइमा टप टेनमा पर्छिन्।’ प्रकृतिको खुट्टाको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा आइतबार साँझ शल्यक्रिया गरिएको छ। उनका दुवै खुट्टा काटिएको छ। ‘बिहान जुस खाई, दिउँसो चियाबिस्कुट खुयायौं’, प्रकृतिकी आमा भगवतीले टेलिफोनमा अन्नपूर्णसँग भनिन्, ‘उनलाई अस्पतालमा दिनभर भेट्न आउनेको लर्को लाग्यो।’

अस्पतालमा बाँके १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ पनि भेट्न पुगेका थिए। ‘अब तिमी चाँडो निको भएर तिमी स्कुल जान पाउँछौ नानी भनेर माननीयले भन्नुभयो’, भगवतीले भनिन्। परिवारलाई छोरीको भविष्यको चिन्ता छ। आमा भगवती भन्छिन्, ‘हामी जिउँदो छँदा त छोरीको स्याहार गरौंला। त्यसपछि के होला हामीलाई यही चिन्ता छ।’

कमजोर आर्थिक अवस्था

प्रकृतिका बुवा नरेन्द्र चन्द नेपाल प्रहरीमा जागिरे थिए। ०५९ सालमा तत्कालीन विद्रोही माओवादीले जुम्ला सदरमुकाममा आक्रमण गर्दा नरेन्द्रले ज्यान जोगाए। जागिर खान थालेको ८ वर्षमै छाडे।

प्रहरीमा छँदै उनले दुई पत्नी बिहे गरे। कान्छीबाट तीन छोरी र एक छोरा छन्। भगवती उनकी कान्छी पत्नी हुन्। भगवतीबाट पूजा, पुष्पा र प्रकृति तीन छोरी र सबैभन्दा कान्छो छोरा प्रभात छन्। पूजा कोहलपुर मोडेल कलेजमा बीबीएस तेस्रो वर्षमा पढ्छिन्। पुष्पा बागेश्वरी बहुमुखी क्याम्पसमा कक्षा १२ मा पढ्छिन्।

जेठी पत्नी विष्णुतर्फका एक छोरा र छोरी छन्। उनीहरु राप्ती सोनारी-८ शम्शेरगन्जमै बस्छन्।

नरेन्द्रको सम्पत्तिको नाममा शमशेरगन्जमा चार कठ्ठा जग्गा छ। आम्दानीको स्रोत एनटीभीको पूजा कटेज हो। मासिक सात हजार रुपैयाँ भाडामा तिर्ने गरी उनले तीन वर्षदेखि टिनको टहरोमा कटेज सञ्चालन गरेका छन्। कटेजको उत्तरी कुनामा निवास छ। जहाँ ६ जनाको परिवार बस्छ। नरेन्द्र बिहान कोहलपुर मोडेल कलेजमा क्यान्टिन चलाउँछन्।

राप्ती सोनारी गाउँपालिका-८ का वडा अध्यक्ष खुमबहादुर बस्नेतले चन्दको परिवारको आर्थिक अवस्था कमजोर भएको बताए।

दिनभर शान्त, साँझ अशान्त

कोहलपुर सोमबार बिहानदेखि शान्त थियो। एकाध चोकमा टायर बालेर बसेका थिए। साढे तीन बजे बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सर्वपक्षीय बैठक बस्यो। बैठकले घटनाबारे न्यायिक छानबिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने, सरोकारवाला सम्मिलित समिति गठन गरेर क्षतिको विवरण संकलन गरेर क्षतिपूर्तिका लागि पहल गर्ने र दुर्घटनामा खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको उपचार खर्च राज्यकोषबाट गर्ने र उनको शिक्षादीक्षा र जीवनयापनका लागि उचित व्यवस्था गर्ने लगायतका ६ बुँदे निर्णय गरिएको थियो।

अपराह्न ४ बजे कोहलपुरमा सद्भाव ¥याली निकालेर आइतबार दिउँसोदेखि घोषणा गरिएको निषेधाज्ञा तोड्ने सहमति भएको थियो। पौने ४ बजेतिर नै कोहलपुरतिरमा हातहातमा लाठा बोकेर आएका युवा विद्यार्थीको जमातले इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीविरुद्ध नारा लगाएर सद्भाव ¥याली बिथोलेको थियो। बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले डीएसपी शाहीलाई अन्यत्र काममा लगाइने आश्वस्त पार्न खोजे पनि प्रदर्शनकारीले लिखित निर्णय माग गरेका थिए।(अन्नपूर्ण )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...