26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

होलीको शुभकामना दिँदै देउवाले भने – विविधताबीचको एकता नेपालीको पहिचान

- Advertisement -

Sherbhadur-Deuba-6काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताबीचको एकता नेपालीको पहिचान बनेको बताएका छन्। फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै उनले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको बताएका हुन्।

कांग्रेस सभापति समेत रहेका देउवाले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उनले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन्। देउवाले मर्यादितरूपमा होली पर्व मनाउन आग्रह गरेका छन्।(अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles