१८औं बमजन कपका पहिलो र क्वा फाईनलका चरणका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)

Date:

Share post:

१४ फेब्रुअरी २०२० । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले हिजो कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सञ्चालन गरेको १८औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएका छन ।

१३ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको गोल्ड कपको १८औं संस्करण १४ र २१ फेब्रुअरी मा खेलाएर सम्पन्न गर्ने क्लवले लक्ष राखेको छ । नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत श्री दुर्गा प्रसाद भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न खेलहरुमा क्लब अध्यक्ष डम्बर रिमालको सभापतित्व, क्लवका बरिष्ट सल्लाहाकार तथा गोल्ड कपका संस्थापक राजेन्द्र तामाङ,mश्रीमती गीता तामाङ, गोल्ड कपका प्रायोजक बहराइन एक्स्चेन्ज कम्पनी(BEC) कुवेत प्रतिनीधी डम्बर गुरुङ, जनजाती महासँघ कुवेतका महासचिब मन्जित राइ, एनसिसी कुवेतका प्रथम उपाध्यक्ष हरि लावती, क्लवका बरिष्ट सल्लाहाकार मित्र सिंजाली मगर, सल्हाकार खोप गुरुङ, पत्रकार महासंघ कुवेतका सचिवक आनन्द आचार्य लगायत कुवेतमा कृयाशिल विभिन्न संघ-संस्थाका प्रानीनिधिहरुको आतिथ्यता उपस्थिती रहेको थियो ।

महासचिब सुरेश गुरुङले सञ्चालन गरेको कार्यक्रममा नेपालको राष्ट्रिय गान पश्चात पुर्व अध्यक्ष ईन्द्र पोखरेलको स्वागत मन्तव्यबाट कार्यक्रमलाई मुर्तरुप दिईएको थियो कार्यक्रममा प्रमुख अथीती महामहिम राजदूत, गोल्डकप संस्थापक राजेन्द्र तामाङ, एनसिसिका प्रथम उपाध्यक्ष हरि लावती क्लव अध्यक्ष डम्बर रिमाल, गोल्ड कप संयोजक तथा खेलकुद बिभाग प्रमुख मोहन राई लगयातले शुभकामना व्यक्त गरेका थिए । बिहानको ९ बजेबाट शुरु गरिएको खेलको उद्घाटन गोल्ड कपका निर्माता तथा क्लवका बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङले प्रमुख अथीती महामहिम राजदूतलाई गोल पास गरी खेलको गरिएको थियो । खेल रात्री ११ बजेसम्म निरन्तर रुपमा चलेको थियो ।

हिजो भएका खेलका नतिजाहरु निम्नअनुसार रहेका छन:

पहिलो खेल:सरोकार समाज नेपाल कुबेत V/s फर्वनिय नेपाली क्लब

बिजेता:सरोकार समाज कुबेत
स्कोर: ३ – १

दोश्रो खेल: सर्लाही समाज कुबेत V/s युनीटी ब्याईज एफ सि
बिजेता : सर्लाही समाज कुबेत
स्कोर :६ – ०

तेश्रो खेल:नेपाली प्रवासी टयाक्सी V/s ईलेभेन स्टार एफ सि
बिजेता : ईलेभेन स्टार एफ सि
स्कोर : ३ – १

चौंथो खेल: इन्स्टेन्ट एक्सेस एफ सि V/s मङगाफ एफ सि
बिजेता: मङगाफ एफ सि
स्कोर: २ – ०

पाँचौं खेल: मगर संघ कुबेत V/S पुर्वेली टाईगर
बिजेता:पुर्वेली टाईगर
स्कोर: ७ – १

छैटौं खेल:(क्वार्टर फाईनल पहिलो) सर्लाही समाज कुबेत V/S केजी एल एफ सि
बिजेता: केजी एल एफ सि
स्कोर:४ – १

सातौं खेल (क्वार्टर फाईनल दोस्रो): पुर्वेली टाईगर V/sजि एफ सि
बिजेता: पुर्वेली टाईगर
स्कोर:४ – ०

आठौं खेल (क्वार्टर फाईनल तेस्रो):मङगाफ एफ सि V/S जि एल तमू
बिजेता: मङगाफ एफ सि
स्कोर :८ – ०

नबौ खेल (चौथो क्वार्टर फाईनल)सरोकार समाज नेपाल कुबेत V/s ईलेभेन स्टार एफ सि बिच भयको खेलमा निर्धारित समयमा १ – १ गोलको नतिजा भयर थप समय ५/५ मिनेट गरि १० मिनेट खेलमा पनी कुनैटिम बाटपनी गोलको स्कोर नहुदा खेल पेनाल्टी सुटबाट आवटबाट हार जित गराईयो ५/५ जनाको पेनाल्टी सुटमा सरोकार समाज बाट ४ गोल १ बाहिर बिपक्छी टिम ईलेभेन स्टार बाट ३ गोल २ बाहिर भयर हार र जितको नतिजा नतिजा बाट खेल समाप्त गरियो(बिजेता:सरोकार समाज कुबेत)

रेफ्री,लाईन्स मेनहरु:)डम्बर बहादुर तामाङ्ग २)शिव कुमार लिङ्गदेन ३)खड्क बहादुर मगर(बाबु) ४)निसानदिप कोइराला ५)किरन राजबशी ६)अजय दर्जी ७)तुलसी गुरुङ्ग ८)चन्द्र बहादुर नेपाली ९)दिपक लिम्बु

टुर्नामेण्टमा अफिसियल डेस्कको पूर्ण जिम्मेवारी मगर सँघ कुवेतका प्रथम उपाअध्यक्ष बसन्त थापा मगर,तमू समाज कुबेतका अध्यक्ष राजु गुरुङ, मगर सँघ कुवेतका सचिब श्रवण गाहा मगरले समल्नु भएको थियो। भने ग्राउण्ड लगायतका अन्य व्यवस्थापन जिम्मेवेरी क्लबका खेलकुद बिभाग संमयोजक मोहन राइ,उपाध्यक्ष आन्द श्रेष्ठ, बरिष्त सदस्य जगत मगर, महा-सचिव सुरेश गुरुङ,सचिब राज मल्ल ठकुरी, सदस्य शान्त लम्साल, कोषाध्यक्ष मोहोदत्ता लगायत अरु सदस्यहरुले लिएका थिए। भने किचेनको सम्पूर्ण जिम्मेवारी क्लवका बरिष्ट सदस्य शिवराम पौडेल र अन्य सदस्यहरुले लिएका थिए।

१८औं बमजन गोल्ड कपलाई लामो समयदेखि सेवाग्राहिको मन जित्न सफल बहराइन एक्सचेन्ज कुवेतले मुखिय प्रायोजन गरेका छन । राम्रो दरमा ग्यारेन्टीका साथ पैसा पठाउन सकिने र ग्राहकहरूको लागि उत्कृष्ट दर प्रदान गर्ने यो बैंकले ग्राहकहरुको लागि खाता खोल्न सकिने समेत साथै अन्लाईन बाट नेपाल पैसा पठाउने सुबिधा दिएको छ। यसैगरी कुबेत देखी नेपाल घर दैलो सम्म कुबेतबासी हरुको लागी सबै सस्तो भर्पर्दो एक मात्र आरोसी कार्गो नेपालले सहयोग गर्नु भएको थियो यसैगरी, नेपाली समाज कुवेतका केही दानबिर महानुभावहरुले क्लवलाई निम्न अनुसार सहयोग गर्नु भएको छ । जसमा:

१, ब्यानर सौजन्य -नेपाली जनसम्पर्क समिति कुवेत
२, मोरङ–सुनसरी सेवा समाज कुवेत २१ केडी
३, लुम्बिनी समाज नेपाल–कुवेत २१ केडी
४, समाज सेबी बिस्णु परिवार २१ केडी
५, किरात याक्थुङ चुम्लुङ कुवेत ११ केडी
६, नेपाली फेमिली रेस्टुरेन्ट फाहिल (पिउने पानी)
७, प्रदिप कार्की कल्याणकारी नेपाली युवासमाज कुवेत उपाअध्यक्ष(पिउने पानी)
८, ब्यानर डिजाइन Nirem production Kuwait

यसैगरी,१८औं बमजम गोल्ड कपमा स्वयंसेवक तथा सुरक्षाको पूर्ण जिम्मेवारी नेपाल कुवेत सरोकार समाजले लिएको छ । सरोकार समाज कुवेतका अध्यक्ष राम बहादुर तामाङको नेतृत्वमा खटिएको सुरक्षा टोलिले खेलमा कुनै किसिमको असहज परिस्थिती उत्पन्न हुन नदिन बिहानदेखी रात्री १०:३० बजेसम्म ग्राउण्डमा खटिएर क्लवलाई सहयोग गर्नु भएको थिए।

क्लवले हिजोको नै फुटबल खेल मैदानमा अरु नयाँ ४ जान सदस्यहरु प्रबेस तथा स्वागत गरेका थिए। जसमा :
१, सुन ब. तामांङ
२, रुपेन हमाल
३, होम नाथ गिरी
४, पदम गुरुङ

क्लवका बरिष्ट सल्लाहाकार तथा गोल्ड कपका संस्थापक राजेन्द्र तामाङ, श्रीमती गीता तामाङ,क्लब अध्यक्ष डम्बर रिमाल ले खादा लगाएर स्वागत गरेका थिए।

आगामी २१ फेब्रुअरी शुक्रबारका दिन, सेमीफाईन र फाईनल खेल बिहानको ठिक ९:०० बजे सोही फुटबल मैदानमा हुनेछ भने सेमिफाईनलको पहिलो खेल मङगाफ एफ सि बिरुद्द केजी एल एफ सि खेल्ने छ भने दोस्रो खेल सरोकार समाज कुबेत र पुर्वेली टाईगर खेल्ने छन ।उक्त फाईनल खेल हेर्न पनि आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवल, काठमाण्डौ-कुवेतले सबै कुवेतवासी नेपालीहरुलाई अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...