६ चिकित्सकसहित १५३ जनामा कोरोना संक्रमण, पर्सामा संक्रमितको संख्या १४ सय ७४ पुग्यो

Date:

Share post:

क्रान्ति शाह
वीरगन्ज : पर्सामा एकै दिन १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशाला र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका १ सय ५३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

बयोधा अस्पतालमा मात्रै ३० जना संक्रमित

उनका अनुसार टेकुस्थित प्रयोगशालामा गरिएको परिक्षणमा वीरगन्जको नारायणी बयोधा अस्पतालका मात्रै डाक्टर, नर्स गरी ३० जनामा संक्रमण भेटिएको हो । बयोधा अस्पतालका ६ जना डाक्टर, ११ जना नर्स, १२ जना कर्मचारी र २ जना बिरामी गरी ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

यस्तै टेकुकै प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका अन्य ६८ जनामा संक्रमण पुष्टि भएको ठाकुरले जानकारी दिए । वीरगन्ज ११ श्रीपुर विद्यापिठ माविमा स्वाब दिएका मध्ये ५७ जना र त्रिजुद्ध माविमा स्वाब दिएका मध्ये ११ जना गरि ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पनि पर्साकै ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए । संक्रमण पुष्टि भएका ५५ जनामध्ये सबैभन्दा बढी पर्साको बहुदरमाइ नगरपालिकाका २५ जना रहेका छन् । बहुदरमाइ नगरपालिका ४ का मात्रै २० जना तथा वडा नम्बर ५ , ६ , ७ , ८ र ९ का १÷१ जना रहेका छन् ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा गत साउन ३० गते बहुदरमाई नगरपालिकाको स्वास्थ्य चौकीमा ७७ जनाको स्वाब संकलन गरिएका मध्ये २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निरिक्षक ठाकुरले जानकारी दिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका ५ र वडा प्रहरी कार्यालय वीर्ताका २ गरी ७ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० मूर्ती चोकका ८ जना, वीरगन्जको छपकैयका ६ जना , वीरगन्ज ४ वीर्ताका ३ जना , नेशनल मेडिकल कलेजका २ जना , वीरगन्ज ८ , ११ , १४ र १६ का १÷१ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निरिक्षक ठाकुरले जानकारी दिए ।

सोमबार राति १५३ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ७४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।साउन यता मात्रै पर्सामा १ हजार ३ सय १७ जनामा संक्रमण पुष्टि भएको हो । (अन्नपूर्ण )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...