7.1 C
Kathmandu
Thursday, January 29, 2026
spot_img

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १३ फेब्रुअरीमा

जय आले, कुवेत

किरातीहरूको “भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण – किरात राईहरूको साझा अभियान” भन्ने मूल नाराका साथ सन् २०१४ देखि कुवेतमा सकृय रूपमा क्रियाशील संस्था किरात राई यायोक्खा कुवेतको चौथो ऐतिहासिक अधिवेशन आगामी १३ फेब्रुअरी २०२६ शुक्रबारका दिन सम्पन्न हुने भएको छ।

किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष जिवन हाताचो राईको विशेष उपस्थिति रहने अधिवेशनमा यायोक्खाका मध्यपूर्व वैदेशिक शाखाका अध्यक्षहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन विभिन्न सांस्कृतिक झाँकी तथा प्रस्तुतीहरू समेत प्रस्तुत गरिने जनाउँदै आयोजक यायोक्खा कुवेतले सम्पूर्ण कुवेतवासी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन अनुरोध गरेको छ।

नेपाली समाज कुवेतका चिरपरिचित सामाजिक व्यक्तित्व अमित चाम्लिङ राई संस्थापक रहेको यायोक्खा कुवेतले हालसम्म रमेश किराती, राजकुमार बान्तवा राई (कार्यवाहक) र मन्जित चाम्लिङ राईको नेतृत्व पाईसकेको छ भने वर्तमान अध्यक्ष उमेश बान्तवा राईको सफल कार्यकाल समाप्त हुनै लागेको सन्दर्भमा अधिवेशनले नयाँ अध्यक्ष चयन गर्ने या वर्तमान अध्यक्षको कार्यकाल दोहोरिने भन्ने सबैको चासोको विषय बनेको छ। यद्यपि, यसबारे अन्तिम निर्णय अधिवेशनपछि मात्र टुंगो लाग्नेछ।

कार्यक्रम सम्बन्धी बिवरण:-
मिति : १३ फेब्रुअरी २०२६, शुक्रबार
समय : बिहानको ठिक ११ बजे (उद्घाटन)
स्थान : राजधानी प्यालेस होटल खेतान, कुवेत
कार्यक्रम संयोजक: मोहन नाछिरिङ राई
आयोजक: किरात राई यायोक्खा कुवेत 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles